ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

थुनामा राख्न अदालतले अनुमति नदिए पछि ठेकेदार मनोज भेटवाल रिहा


abc news
असार २२, २०८२ आईतबार  ३ : ४३ बजे

काठमाडौ २२ असार । काठमाडौँ भ्यु टावरका ठेकेदार मनोज भेटवाल रिहा भएका छन्। अदालतले पहिलो पटक ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएको थियो। तर १९ गते दोस्रो पटक म्याद थपका लागि उपस्थित गराउँदा अदालतले म्याद नदिएपछि छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपीलराज बोहराले बताए।

भेटवाललाई प्रहरीले असार १३ गते पक्राउ गरेको थियो। यसअघि हिरासतमा राख्न अदालतले अनुमति दिए पनि स्वास्थ्यका कारण भन्दै उनलाई अस्पतालमा राखिएको थियो। ह्याम्स अस्पतालमा ६ दिन राखेपछि भेटवाललाई छाडिएको हो।

जलेश्वर बिकोई बिल्डर्स प्रालिका अध्यक्ष भेटवाल दमको बिरामी भएकाले अस्पतालमा राखिएको प्रहरीको दाबी थियो। उनी ९ करोड ८८ लाख रूपैयाँ चेक बाउन्सको कसुरमा पक्राउ परेका थिए। पीडितले सुरुमा प्रहरीमा जाहेरी दिए पनि पक्राउ गरेर अनुसन्धान गरेको थिएन।

भेटवालविरुद्ध जिल्ला अदालतबाट २०८२ असार ६ गते पक्राउ पुर्जी जारी भएको थियो। भेटवाल यसअघि पनि पटकपटक पक्राउ परेका थिए। क श्रेणीका ठेकेदार भेटवालले काठमाडौँ भ्यु टावर पनि अलपत्र पारेका छन्।

उनले ठेक्कापट्टाकै क्रममा सिन्धुलीका राजकुमार बरालसँग ९ करोड ८ लाख रूपैयाँ लगेको र त्यो रकम फिर्ताका लागि चेक दिए पनि रकम नसाटिएको आरोप छ।

गत वर्ष साउन ३० गते काटेको ५ करोड ९४ लाख र २०० माघ २९ गते नै काटिएको ३ करोड ९४ लाख रूपैयाँको चेक नसाटिएको पीडितको गुनासो छ। ती दुवै चेक नसाटिएपछि पटकपटक ताकेता गर्दा पनि अटेर गरेका भेटवाललाई कानुनी दायरामा ल्याउन पीडितले प्रहरी गुहारेका हुन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘समृद्ध नेपाल, सुखी नेपाली’ को जग वेद र प्राचीन सभ्यता होः केपी शर्मा ओली

स्वास्थ्य बीमा ‘राष्ट्रिय गौरव’को बहस : गगन थापाको घोषणा, सम्भावना र चुनौती

सम्बन्धित

‘समृद्ध नेपाल, सुखी नेपाली’ को जग वेद र प्राचीन सभ्यता होः केपी शर्मा ओली

बागलुङमा २ क्षेत्रको चुनावी मैदान: कसको अवस्था कस्तो छ त ?

कांग्रेसको ‘होम ड्यूटी’ रणनीति: ‘जहाँ जिम्मेवारी, त्यहीँ खटिने’

स्वास्थ्य बीमा ‘राष्ट्रिय गौरव’को बहस : गगन थापाको घोषणा, सम्भावना र चुनौती

म यसकारण ‘विचौलिया’ –डा मिनेन्द्र रिजाल (भिडियो वार्ता)

अमेरिकाका लागि एसियाबाट सिक्नुपर्ने पाठहरू

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com