काठमाडौ २२ असार । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आइतबार पनि बस्दैछ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा असार १६ गतेदेखि सुरू भएको बैठक आइतबार बिहान साढे ८ बजेदेखि नै सुरू हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
बैठकमा क्रियाशील सदस्यता नवीकरण तथा महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थाहरूको म्याद थप गर्ने वा नगर्नेलगायत विषयमा छलफल गर्ने एजेन्डा छ।
यस विषयमा केन्द्रीय सदस्यहरूले आ(आफ्नो धारणा राखिरहेका छन्।
शुक्रबार ज्ञानेन्द्रबहादुर कार्की, दिलेन्द्रप्रसाद बडू, दिपक गिरी, सुजाता परियार, कल्याणकुमार गुरुङ, सरिता प्रसाई, अमृत अर्याल, कल्पना चौधरी, किरणराज शर्मा पौडेल, गेहेन्द्र गिरी, तारामान गुरुङ, राजीव कोइराला, उमेशजंग रायमाझी, अब्दुल सत्तार, राजीव ढुंगाना, रामहरि खतिवडाले आफ्नो धारणा राखेका थिए।
त्यस्तै अञ्जनी श्रेष्ठ, चम्पादेवी खड्का, मुक्ताकुमारी यादव, प्रतिमा गौतम, प्रा।डा। गोविन्दराज पोखरेल, सुशिला मिश्र भट्ट, डा। गंगालक्ष्मी अवाल, सुशिला थिङ, सुशिला ढकाल ९आचार्य०, शान्ति परियार वि।क।, डा। जीवन राना, धना खतिवडा, गोमाकुमारी भट्टराई, अनिलकुमार रुंगटा, आमन्त्रित केन्द्रीय सदस्य दिपक खड्का, आमन्त्रित रुपमा बैठकमा सहभागी मन्त्रीहरु— तेजुलाल चौधरी ९युवा तथा खेलकूद० र रामनाथ अधिकारी ९कृषि तथा पशुपंक्षी विकास० ले आ–आफ्नो धारणा राखेका थिए।
धारणा राख्ने क्रम आइतबार पनि जारी रहनेछ। केन्द्रीय सदस्यहरूले धारणा राखेपछि सभापति देउवाले जबाफ दिनेछन्।








प्रतिक्रिया दिनुहोस्