ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बंगलादेशी राजदूतसँग योजना आयोग उपाध्यक्षको भेट, व्यापारिक अवरोध हटाउन आग्रह


abc news

काठमाडौ १८ असार । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा।डा।शिवराज अधिकारी र नेपालका लागि बङ्गलादेशका राजदूत मोहम्मद सापिकुर रहमानबीच भेटवार्ता भएको छ।

बुधबार सिंहदरबारस्थित आयोगमा भएको भेटमा उनीहरूबीच द्विपक्षीय हितका विषयमा कुराकानी भएको हो।

भेटका क्रममा योजना आयोगका उपाध्यक्ष अधिकारीले नेपाल र बङ्गलादेश बिच द्विपक्षीय व्यापारको उच्च सम्भावना भएको हुँदा त्यसतर्फ जोड दिन आग्रह गरे। उनले नेपालका मेडिकल विद्यार्थीहरूले कांकरभिट्टा फूलबारी बङ्गलाबन्धु मार्ग प्रयोग गरीरहेकोहुँदा त्यसका लागि सहज गराउनुपर्नेमा जोड दिए।

भेटमा सन् २०२६ मा नेपाल र बङ्गलादेश अति कम विकसितमुलकबाट सँगै स्तरोन्नति हुन लागेको सन्दर्भमा त्यसबाट सिर्जित हुने चुनौती र अवसरको विषयमा र नेपालको हिमालय क्षेत्रदेखि बङ्गलादेशको सामुन्द्रिक क्षेत्रसम्म सहज व्यापारिक सम्बन्ध स्थापित गर्ने एवं सो क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्ने विषयमा कुराकानी भएको थियो।

उनीहरूबीच नेपाल र बङ्गलादेशबीच व्यापार पारवहनका क्षेत्रमा गर्नुपर्ने सुधारका एवं नेपालको पूर्वी नाका काँकडभिट्टा–फूलबारी–बङ्गलाबन्धु व्यापारिक मार्गमा रहेका व्यापारजन्य अवरोधमा सहजीकरण गर्ने, नेपाल र बङ्गलादेशका पर्यटकीय गन्तव्यबीच सहज आवागमन सहजीकरण तथा घरेलु उद्योग व्यापार सहजीकरण निर्यात प्रवर्द्धन, गर्ने विषयमा पनि छलफल भयो।

भेटमा राजदूत रहमानले नेपाल र बङ्गलादेशबीच व्यापार तथा पारवहनमा सहजीकरण गर्न आग्रह गरे। उनले द्विपक्षीय हितका निम्ति जनतासँग जनता र व्यापारसँग व्यापार सहकार्य आवश्यक रहेको बताउँदै बङ्गलादेशले नेपालबाट थप परिमाणमा विद्युत् आयातमा इच्छुक रहेको समेत जानकारी दिए।

भेटमा योजना आयोग र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com