ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भुटानलाई २९८ रनले पराजित गरेसँगै नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा


abc news

काठमाडौ १७ असार । विपिन प्रसाद शर्माको घातक बलिङ र रौनक श्रीवास्तवको विस्फोटक ब्याटिङमा नेपाली युवा टोली एसीसी पुरुष यू–१६ इष्ट जोन कपमा समूह ए को विजेता बन्दै सेमिफाइनलमा पुगेको छ।

प्रतियोगितामा अपराजित नेपालले ४ खेलबाट ८ अङ्क जोड्दै समूह विजेता बनेको हो। यसअघि नै सेमिफाइनल पुगिसकेको नेपाली युवा टोलीले समूह चरणको अन्तिम खेलमा भुटानमाथि २ सय ९८ रनको फराकिलो जित निकालेको हो।

नेपालले दिएको ३ सय ५९ रनको लक्ष्य पछ्याएको भुटान ३२।४ ओभरमा ६० रन बनाउँदा अलआउट भयो।

भुटानलाई सस्तैमा रोक्न विपिनले चार विकेट लिए। विपिनले आफ्नो स्पेलमा ६ ओभर मेडन राख्दै चार विकेट लिँदा मात्र ७ रन दिए।

सचिन भट्टले सात ओभरमा ५ ओभर मेडन राख्दै १३ रन दिएर २ विकेट लिए। सुयोग भट्टराईले ५ ओभरमा १ मेडन राख्दै १२ रन दिएर १ विकेट आफ्नो नाममा गरे।

भुटानका लागि शेजाङ दावाले बनाएको १४ रन नै सर्वाधिक रह्यो। ओपनर उग्यान केल्जाङ चोपेलले १० रन थपे। अन्यले दोहोरो अङ्कको स्कोर छुन सकेनन्। नेपालले २२ रन अतिरिक्त रन दिएको थियो।

त्यसअघि मलेसियाको क्वालालाम्पुरस्थित सेनेगर टर्फ क्लबमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३ सय ५८ रनको योगफल तयार पारेको थियो।

पाँचौँ विकेटका लागि जय थापा र रौनक श्रीवास्तवले १ सय २५ बलमा १ सय ६१ रनको साझेदारी गरेपछि नेपालले विशाल योगफल तयार गरेको हो।

नेपालका लागि रौनकले १ सय ६८ रनको महत्त्वपूर्ण योगदान दिए। उमेर समूहमा रौनकले बनाएको यो नेपालको व्यक्तिगत सर्वाधिक स्कोर हो।

उनले १ सय ३२ बलमा १६ चौका र ५ छक्का प्रहार गर्दा सञ्जय दोर्जीको बलमा जिग्मे सम्द्रुपको हातबाट क्याच आउट हुन पुगे।

जय थापा ६१ रनमा नटआउट रहे। उनले ६७ बलमा ७ चौका प्रहार गरे। सचिन भट्ट ८ रनमा नटआउट रहे।

विकेटकिपर श्रीवांस बजगाई ५४ रनमा रन आउट भए। सुगम बुढाथोकीले ३५ रन थपे।

ओपनर परिमार्जन यादव २ र प्रसिद्ध जैसी ७ रनमा पेभेलियन फर्किए।

भुटानका लागि सञ्जय दोर्जीले ३ विकेट लिए। तेन्जिङ जाम्त्सोले एक विकेट आफ्नो नाममा गरे।

नेपाल रहेको समूहबाट उपविजेता बन्दै सिंगापुर पनि सेमिफाइनलमा पुगेको छ। अर्को समूहबाट हङकङ विजेता र मलेसिया उपविजेता बनेका छन्।

फाइनल प्रवेशका लागि अब नेपाल र मलेसिया तथा हङकङ र सिंगापुर भिड्नेछन्।

दुवै सेमिफाइनल बिहीबार हुनेछन्। तेस्रो स्थानको खेल र फाइनल शनिबार हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com