काठमाडौँ, १६ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद (डिपी) अर्याल सञ्चालक रहेको सुमिरे टुर्स एण्ड ट्राभल्सको गतिविधिमाथि छानबिन माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उजुरी परेको छ । आफूलाई भ्रष्टाचारविरोधी अभियन्ता बताउँदै आएका सिन्धुलीका युवराज सफल (पौडेल)ले आज उजुरी दर्ता गराएका हुन् ।
सुमिरे टुर्स एण्ड ट्राभल्सका सञ्चालक समेत रहेका रास्वपाका कार्यवाहक सभापतिको गतिविधिमाथि छानबिन माग गर्दै अभियन्ता बताउँदै आएका युवराज सफल (पौडेल)ले उजुरी दर्ता गराएका हुन् । अर्यालले कम्पनी कानुनसम्मत तरिकाबाट सञ्चालन भएको बताए पनि भिजिट भिसामा नागरिकलाई विदेश पठाएको दावी गरिरहँदा अभियन्ता पौडेलले भने त्यसमा आशंका व्यक्त गर्दै छानबिन माग गरेका हुन् ।
रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिनको माग गर्दै सदन अवरुद्ध गरिरहँदा कार्यवाहक सभापति विरुद्ध उजुरी परेको हो । अर्यालको ट्राभल कम्पनीले नेपाली नागरिकलाई भिजिट भिसामा जापान, दुबई, थाइल्याण्ड लगायतका मुलुकमा पठाएको आरोप लागेको छ ।









प्रतिक्रिया दिनुहोस्