ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसमा क्रियाशील सदस्यको संख्या ८ लाख ७० हजार


abc news
असार १६, २०८२ सोमबार  ५ : ०४ बजे

काठमाडौ १६असार । नेपाली कांग्रेसको क्रियाशील सदस्यको संख्या ८ लाख ७० हजार नाघेको छ। ९ महिनापछि पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्री गगनकुमार थापाले क्रियाशील सदस्यको अध्यावधिक विवरणबारे पाओर पोइन्टमार्फत प्रस्तुत गरेका हुन्।

जसअनुसार ८ लाख ७० हजार ७८० जना कांग्रेसका क्रियाशील सदस्य हुन्। जसमा १४औं महाधिवेशनमा नवीकरण गर्नेहरू ४ लाख २३ हजार ४३४ जना र नयाँ ४ लाख ४७ हजार ३४६ जना र नेपाली जनसम्पर्क समितिबाट १९ हजार ५९२ जना क्रियाशील छन्।

कति पुग्यो सदस्यता छपाइ र वितरण ?
कांग्रेसले अहिलेसम्म ८ लाख ५१ हजार ७८० संख्यामा सदस्यता कार्ड छपाइ भएको जनाएको छ। यो ७४ जिल्लाको तथ्यांक हो। बारा, डोल्पा र मुस्ताङका १ लाख ९४३ बाहेक ८ लाख ५० हजार ८४६ र जनसम्पर्क समितिमा ९ हजार ६१८ सदस्यता वितरण भइसकेको छ।

नवीकरणको अवस्था
कांग्रेस क्रियाशील सदस्यता नवीकरणको फाराम ०७९ चैत २२ गतेदेखि नै जिल्लामा पठाउन थालिएको थियो। सोहीअनुसार ८ लाख ७० हजार ८८४ वटा फाराम पठासकिएको बताइएको छ।

यसका लागि कार्यतालिकासहित नवीकरणको समयावधि तोकेर सिस्टममा इन्ट्री गर्न भनिएको र सोहीअनुसार जिल्लाबाट विवरण आउन थालेको पनि थापाले जानकारी गराए।

कति जिल्लाको के छ अवस्था ?
यही असार १२ गतेसम्मको विवरणअनुसार परिवत्र बमोजिम नवीकरण प्रविष्ट गरेका(बुझाएका जिल्ला ५ वटा छन्। त्यस्तै सिस्टममा प्रविष्ट भइरहेका जिल्लाको संख्या १५, जिल्लामै निर्णय प्रक्रियामा रहेका जिल्ला १०, वडाबाट जिल्लामा नवीकरण फारम संकलन भइरकेका जिल्ला ३३, नवीकरणमा समस्या भएका जिल्ला १४ छन्।


नयाँ क्रियाशील सदस्यता फारम २ लाख १७ हजार ९०१ वटा पठाइएको। यो भनेको नवीकरण भएको सदस्य संख्याको २५ प्रतिशत भएको भनिएको छ।

१७ जिल्लाले वडा सदस्यता फारम पठाएको जानकारी गराए पनि दोलखाबाहेक कुनै पनि जिल्लामा नयाँ क्रियाशील सदस्यता वितरण भएको जानकारी नभएको पनि बैठकमा बताइएको छ।

हाल नवीकरणमा ध्यान दिन र हाल नयाँ वितरण नगर्नको लागि सबै जिल्लालाई जानकारी गराइएको पनि थापाले उल्लेख गरे।

नयाँ सदस्यता उपलब्ध गराउँदा जनसंख्या, मतसंख्या, क्लस्टरअनुसारको संख्या र सदस्यताक माग एवम् आवश्यकतासमेतलाई हेरी उपलब्ध गराउने गरी मापदण्ड बनाइ साउनपछि वितरण अभियान गरिने पनि उनले जानकारी गराए।

त्यस्तै उनले जनसम्पर्क समिति सदस्यताको व्यवस्था गरी सदस्यता फारम र वितरण प्रक्रियाअगाडि बढाइएको पनि बताए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

सम्बन्धित

‘हामी झापाली’ ट्रेन्ड सहितको भावनात्मक ओली रणनीति शुरु, अब बालेन के गर्लान् ?

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

रेशम चौधरीको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

कर्णालीको रोचक निर्वाचन क्षेत्र, कहिल्यै कोही सांसद दोहिरन पाएनन्, अहिले के होला ? (विस्तृतमा)

बदलिएको माओवादीले नेकपाका नाममा कस्तो प्रदर्शन गर्ला ! विगत कस्तो थियो ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com