काठमाडौ १५ असार । आज असार १५, अर्थात् राष्ट्रिय धान दिवस। देशभर खेतमा धान रोपेर हिलो खेल्दै ‘असार १५’ मनाइएको छ।
आजको दिनलाई ‘मुठी रोपेर मुरी उत्पादन’ गर्ने दिनका रुपमा लिइन्छ भने दहि चिउरा खाने दिनका रुपमा समेत मनाउने गरिन्छ।
वास्तविक किसानहरू वर्षभरी खाने अन्न उत्पादनका लागि विशेष मिहेनत गरिरहेका छन् भने कतिपय संघ, संस्थाहरू किसानलाई उत्साहित पार्न वा रमाइलोका लागि समेत हिलोमा पसेर रमाइलो गरिरहेका छन्।
कैयौँ ठाउँमा धान दिवसको अवसरमा औपचारिक कार्यक्रमहरू समेत भइरहेका छन्।
यही सन्दर्भमा राष्ट्रिय लोक सञ्चारकर्मीद्वारा काठमाडौँको गोकर्णेश्वरमा धान रोपाइँ तथा सांस्कृतिक कार्यक्रम गरिएको छ।
कार्यक्रममा कलाकारहरूले विभिन्न सांस्कृतिक प्रस्तुती दिएका थिए भने सहभागीले हिलो खेलेर र धान रोपेर रमाइलो गरे।
नेपाललाई कृषि प्रधान मुलुक भनिएपनि धान चामलमा भने परर्निभर छ।
एक तथ्यांक अनुसार मुलुकको लागि आवश्यक पर्ने करिब ७९ लाख मेट्रिक टन धानमध्ये करिब १० लाख मेट्रिक टन धान उत्पादन अपुग छ।
चालु आर्थिक वर्षको जेठ मसान्तसम्म कुल ७ लाख ५३ हजार मेट्रिक टन धानजन्य वस्तु आयात भएको छ। यी वस्तु आयातमा करिब ३८ अर्व ९४ करोड रुपैयाँ विदेशिएको छ।








प्रतिक्रिया दिनुहोस्