ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्पकाे युद्धविराम प्रस्ताव स्वीकार्दै इजरायलले भन्याे– ‘इरान आक्रमणकाे उद्देश्य पूरा भयाे’


abc news
असार १०, २०८२ मंगलबार  १ : ३५ बजे

काठमाडौ १० असार । इजरायलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको युद्धविराम प्रस्ताव स्वीकार गरेको छ । इजरायली सरकारले ट्रम्पको युद्धविराम प्रस्ताव स्वीकार्दै कुनै पनि उल्लङ्घनको कडा जवाफ दिने चेतावनी दिएको बीबीसीले जनाएको छ ।

इजरायलले इरान आक्रमणको आफ्नो उद्देश्य पूरा भएकाले युद्धविराम गर्न सहमति जनाएको बताएको छ । इरानबाट आफ्नो देशका निम्ति उत्पन्न परमाणु अस्त्र तथा ब्यालेस्टिक क्षेप्यास्त्रको खतरा निस्तेज पारिदिएको पनि इजरेलले जनाएको छ ।

केही बेरअघि इरानको सरकारी सञ्चारमाध्यमले पनि इजरेली भू–भागमा चार लहरको इरानी क्षेप्यास्त्र हमलापछि इजरायलसँगको युद्धविराम सहमति शुरू भएको जनाएको छ । इरानी हमलामा दक्षिणी क्षेत्रमा चार जनाको ज्यान गएको इजरायलले बताएको छ ।

यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’ को एक पोस्टमा इजरायल र इरानबीच युद्धविरामको घोषणा गर्नुभएको थियो । ट्रम्पले युद्धविराम शुरू भएको र उल्लङ्घन नगर्न आग्रह गर्नुभएको थियो ।

गएको १२ दिनदेखि इजरायल र इरानबीच युद्ध चर्किँदा मध्यपूर्वमा व्यापक द्वन्द्वको आशङ्का बढेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन सरकारको १०० दिने शासकीय सुधार कार्यसूची -२०६२/६३ देखिका पदाधिकारीको सम्पत्ति छानबिन (पूर्णपाठ)

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

सम्बन्धित

केपी ओलीलाई भर्चुअल रुपमा अदालत उपस्थित गराउने तयारी

देउवा परिवारमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान

पूर्वगृहमन्त्री लेखकलाई अदालतमा उपस्थित गराइयो

कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ

बाथरुममा लडेर घाइते पाकिस्तानका पूर्वसेना प्रमुख कमर बाजवा बिते

बालेन सरकारलाई कार्यसूचीमा थप गर्न पूर्वप्रधानमन्त्री भट्टराईले दिए यस्ता सुझाव

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com