ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कतार र इराकका अमेरिकी सैन्य अड्डामा इरानको आक्रमण : इजरायल र इरान युद्धविराम गर्न सहमत भएको ट्रम्पको दाबी


abc news
असार १०, २०८२ मंगलबार  ११ : २२ बजे

काठमाडौ १० असार । इरानले गएराति कतार र इराकमा रहेका अमेरिकी सैन्य अड्डामा मिसाइल आक्रमण गरेको छ । इरानका आणविक केन्द्रमा अमेरिकाले गरेको आक्रमणको बदलामा इरानले कतारमा रहेका अमेरिकी सैन्य अड्डामा जवाफी आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन ।

अमेरिकी आक्रमणको विरुद्धमा शक्तिशाली जवाफ दिएको इरानले दाबी गरेको छ । कतारले आक्रमणको निन्दा गरेको छ । तर मिसाइल सफलतापूर्वक निस्क्रिय पारिएको र कुनै पनि मानवीय क्षति नभएको कतारको भनाइ छ । कतारको गृह मन्त्रालयले देशको सुरक्षा सामान्य रहेको बताएको छ ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरान पूर्ण रूपमा युद्धविराम गर्न सहमत भएका बताउनुभएको छ । राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत दुई देशबीचको युद्धविराम सहमतिले युद्धको अन्त्यतर्फ डोहोर्‍याउने विश्वास व्यक्त गर्नुभएको छ ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा स्टाटस लेख्दै दुई देश युद्धविराम गर्न सहमत भएको भन्दै ‘सबैलाई बधाई’ समेत दिनुभएको बीबीसीले जनाएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले इजरायल र इरानबीचको युद्धविराम १२ घन्टासम्म कायम रहने र त्यसपछि युद्ध अन्त्य भएको घोषणा गरिने बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

अबकी बार, सय पार ! गगनको नारा, शेखरको भावनात्मक अपिल : घर-घर पुग’

सम्बन्धित

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

रौतहटमा बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध ५ दिन म्याद थप

अबकी बार, सय पार ! गगनको नारा, शेखरको भावनात्मक अपिल : घर-घर पुग’

ओली झापा पुगे, बालेन काठमाडौंमा रणनीति बुन्न फर्के

दुर्गा प्रसाईं फेरि पक्राउ

झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com