ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सीमाभन्दा बढी चालू पुँजी कर्जा फिर्ता गर्न थप दुई वर्षको म्याद, निर्देशित कर्जामा पनि लचिलो व्यवस्था


abc news

काठमाडौ १० असार । नेपाल राष्ट्र बैंकले सीमाभन्दा बढी चालू पुँजी लिएका व्यवसायीले बढी रकम तिर्न दुई वर्ष थप समय दिएको छ । नेपाल राष्ट्र बैंकले हिजो चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधनमार्फत सीमाभन्दा बढी कर्जा भुक्तानीका लागि २०८४ असारसम्मको समय दिएको हो । यसअघि सीमाभन्दा बढी लिएको कर्जा २०८२ असार मसान्तभित्र तिरिसक्नुपर्ने व्यवस्था थियो ।

सीमाभन्दा बढी कर्जा तिर्ने समय असार मसान्त हुँदा चालू आर्थिक वर्षको चौथो त्रैमासमा निष्क्रिय कर्जा अत्यधिक मात्राले बढ्ने अनुमान गरिएको थियो । जसले बैंकको नाफा पनि प्रभावित हुने डर थियो । अब भने बैंक र व्यवसायीले सीमाभन्दा बढी चालूपुँजी कर्जा लिएको भए बढी कर्जा तिर्न थप दुई वर्ष समय मिलेको छ ।

नयाँ व्यवस्थाअनुसार तोकेको सीमाभन्दा बढी प्रवाह भएका कर्जामध्ये भुक्तानी हुन बाँकी कर्जा रकमलाई समान आवधिक किस्ता कायम गरी २०८४ असार मसान्तसम्ममा भुक्तान हुने गरी भुक्तानी तालिका निर्धारण गरी असुलउपर गर्नुपर्ने हुन्छ । तर, यस्तो कर्जामा यसअघि कायम रहेको कर्जा नोक्सानी व्यवस्था रकम कर्जा नियमित नभएसम्म फिर्ता ९राइट ब्याक० गर्न पाइने छैन ।

यसरी गरिएको कर्जा समायोजनलाई कर्जा वर्गीकरण तथा कर्जा नोक्सानी व्यवस्थाको प्रयोजनका लागि पुनरतालिकीकरण वा पुनरसंरचना मानिने छैन । अहिलेको व्यवस्थाअनुसार व्यवसायीहरुले वार्षिक कारोबार रकमको २५ प्रतिशतसम्म चालूपुँजी कर्जा पाउँछन् ।

यस्तै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले तोकिएको क्षेत्रमा प्रवाह गर्नुपर्ने निर्देशित कर्जाको समयअवधि पनि थप गरेको छ । कृषि र लघु, घरेलु, साना तथा मझौला व्यवसायमा समान १५ प्रतिशत र उर्जामा १० प्रतिशत कर्जा पुर्‍याउनुपर्ने व्यवस्था थियो ।

शुरुमा २०८१ असार मसान्तमा पुर्‍याउनुपर्ने निर्देशन दिए पनि त्यस अवधिमा पुर्‍याउन नसक्ने भन्दै पटक–पटक सारेर त्यसलाई २०८४ असार मसान्तमा पुर्‍याउनुपर्ने व्यवस्था गरेको थियो । हिजो राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको लागि जारी गरेको एकीकृत परिपत्रमा संशोधन गर्दै निर्देशित कर्जा तोकिएअनुसार पुर्‍याउने समय एक वर्ष थप गरेको छ । अब २०८५ असारभित्र बैंकहरुले कृषि र एमएसएमईमा समान १५ प्रतिशत तथा ऊर्जामा १० प्रतिशत कर्जा पुर्‍याउनुपर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com