ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कतारले खोल्यो हवाई मार्ग, जनजीवन सामान्य बन्दै


abc news
असार १०, २०८२ मंगलबार  ७ : ०१ बजे

काठमाडौं, १० असार । कतारले जनजीवन सामान्य बन्दै गएपछि हवाईमार्ग खुला गरेको छ ।

इरानले सोमबार साँझ कतारको दोहास्थित अमेरिकी अल उदिद सैन्य अड्डामा प्रहार गर्ने सूचना पाएलगत्तै कतारले आफ्नो आकाश अस्थायी रुपमा बन्द गरेको थियो । त्यसबाट कतार र कतारको दोहा हुँदै अन्य देश जाने यात्रुहरु अलपत्र परेका थिए ।

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएका यात्रुहरु त्यहीँ सुतेका थिए । कतिपय जहाजलाई डाइभर्ट गरिएको थियो ।

तर अहिले कतारको अवस्था सामान्य बन्दै गएको र आकाश मार्ग मंगलबार मध्यरातबाट पुनस् खोलिएको कतार सरकारका अधिकारीहरुलाई उद्धृत गर्दै दोहा टाइम्स अनलाइनले जनाएको छ ।

अमेरिकाले दुई दिनअघि इरानी आणविक केन्द्रमाथि गरेको आक्रमणको जवाफस्वरूप इरानले सोमबार साँझ स्थानीय समय अनुसार ७स्३० बजे दोहास्थित अमेरिकी सैन्यबेसमा कम्तीमा ६ वटा मिसाइल प्रक्षेपण गरेको थियो ।

तीमध्ये एउटा सैन्य अड्डाभित्रै खसेको र अरु सबैलाई निस्तेज पारिएको कतारको रक्षा मन्त्रालयअन्तर्गत संयुक्त कार्य सञ्चालन विभागका उपप्रमुख शायेक अल–हजरीले बताएका छन् ।

तर त्यसबाट कुनै मानवीय क्षति नभएको कतारको गृह मन्त्रालयले जनाएको छ । कतारको गृह मन्त्रालयका प्रवक्ता जबर अल–नुआइमीका अनुसार मिसाइलका टुक्राले सानातिना आगलागी भए पनि त्यसलाई तुरुन्त नियन्त्रणमा लिइएको थियो ।

‘कतारमा शान्ति र स्थायित्व हाम्रो प्राथमिकता हो । बाह्य कारणले हाम्रो सुरक्षामा असर पार्न दिइने छैन,’ उनले दोहा टाइम्स अनलाइनसँग भनेका छन् ।

जनजीवन सामान्य

यसैबीच कतारको परराष्ट्र मन्त्रालयका प्रवक्ता माजेद अल–अन्सारीले कतारको जनजीवन पुन: सामान्य अवस्थामा फर्किंदै गएको बताएका छन् ।

‘हामी नागरिक र यहाँ बसोबास गर्ने सबैलाई विश्वस्त पार्न चाहन्छौं कि कतारमा स्थिति पूर्णरूपमा नियन्त्रणमा छ र मिसाइल आक्रमणपछिको अवस्था सामान्य फर्किंदैछ’ उनले कतार टेलिभिजनमार्फत भने ।

इरानी आक्रमणमाथि विश्वभरबाट निन्दा भइरहेको बेला कतारले पनि कडा आपत्ति जनाएको छ । कतारले उक्त आक्रमणलाई ‘सार्वभौमिकताको खुला उल्लंघन’ भनेको छ ।

कतारको परराष्ट्र मन्त्रालयका प्रवक्ता अल–अन्सारीले ‘कतारले अन्तर्राष्ट्रिय कानुनअनुसार जवाफ दिने अधिकार सुरक्षित राख्दछ’ भन्दै चेतावनी पनि दएका छन् ।

कतारले हाल गाजाको युद्ध सुरु भएयता हमास र इजरायलबीच युद्धविराम र बन्दी आदानप्रदानका लागि मध्यस्थता गरिरहेको छ । यहीबेला कतारमाथि आक्रमण हुनुलाई आश्चर्य लागेको अल–अन्सारीले बताएका छन् । ‘यो आक्रमण हामीलाई आश्चर्यचकित बनाउने खालको थियो, विशेष गरी कतारको सधैंको छिमेकी मित्रता र मध्यस्थता प्रयासलाई ध्यानमा राख्दा,’ उनले भने ।

इजरायलले जुन १३ मा इरानमा आक्रमण गरेपछि मध्यपूर्वमा तनाव बढेको छ । यही बेला अमेरिकाले समेत इरानका तीन प्रमुख परमाणु केन्द्रमा आक्रमण गरेपछि तनाव चर्किएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन सरकारको १०० दिने शासकीय सुधार कार्यसूची -२०६२/६३ देखिका पदाधिकारीको सम्पत्ति छानबिन (पूर्णपाठ)

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

सम्बन्धित

केपी ओलीलाई भर्चुअल रुपमा अदालत उपस्थित गराउने तयारी

देउवा परिवारमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान

पूर्वगृहमन्त्री लेखकलाई अदालतमा उपस्थित गराइयो

कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ

बाथरुममा लडेर घाइते पाकिस्तानका पूर्वसेना प्रमुख कमर बाजवा बिते

एमालेले आज सबै जिल्ला प्रशासन कार्यलयमा ज्ञापन पत्र बुझाउने, काठमाडौँमा कानुविद्हरूसँग अन्तक्रिया

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com