ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमालेको बहिष्कारपछि पनौतीको नगरसभा स्थगित


abc news
असार ९, २०८२ सोमबार  ५ : ४२ बजे

काठमाडौ ९ असार । काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाको नगरसभा स्थगित भएको छ ।

नेकपा एमालेबाट निर्वाचित नगरसभा सदस्यहरूले बहिष्कार गरेका कारण सोमबारको नगरसभा स्थगित भएको हो ।

एमालेबाट निर्वाचित उपप्रमुख गीता बञ्जारा, ७ जना वडाध्यक्ष र नगरसभा सदस्यहरूले बैठक बहिष्कार गरेपछि नगरसभाका लागि गणपूरक संख्या अपुग भएको हो ।

नगरसभा सञ्चालनका लागि गणपूरक संख्या नपुगेपछि नगर प्रमुख रामशरण भण्डारीले बुधबार ११ बजेसम्मका लागि बैठक स्थगित भएको घोषणा गरे ।

नगर प्रमुख भण्डारीले उपप्रमुख सहितका जनप्रतिनिधिहरू अनुपस्थित भएका कारण बैठक बस्न नसकिएको प्रतिक्रिया दिए ।

कार्यपालिकामार्फत सबै विधि र प्रक्रिया पूरा गरिए पनि अन्तिम समयमा बैठक स्थगित गर्नु परेको उनको भनाइ छ ।

उपप्रमुख गीता बञ्जाराले कार्यपालिकामा भएको सहमति विपरीत ४ करोड ८५ लाखभन्दा बढी बजेट थप भएर आएकोले बैठकमा सहभागी नभएको बताइन् ।

नगरपालिकामा बचेको ३६ करोड स्रोतध्येबाट १२ वटा वडालाई १ करोडका दरले १२ करोड वितरण गर्ने सहमति भएको समेत उपप्रमुख बञ्जाराले बताइन् ।
नगरपालिका स्रोतका अनुसार बाँकी रहेको २४ करोडमध्ये विपद, पुनर्वास, खानेपानी, बसपार्क लगायतका नगरका गौरवका केही योजनामा ५ करोड विनियोजन गरी बाँकी १९ करोड ९९ करोड ५० लाख(९ करोड ५० लाख० प्रमुख र उपप्रमुखले विनियोजन गर्ने सहमति भएको थियो ।
तर, पछि नगर गौरवका योजना ‘प्रमुखको कोटाको बजेटबाट हिसाब हुनुपर्ने’ भन्दै उपप्रमुखले विवाद सिर्जना गरेको स्रोतको दाबी छ ।
६२ सदस्यीय नगर सभामा नगरप्रमुख, ४ वडाध्यक्षसहित २० जना नेपाली कांग्रेसबाट, १ वडाध्यक्ष र एक वडा सदस्य एकीकृत समाजवादीबाट छन् । उपप्रमुखसहित ४० जना एमालेबाट निर्वाचित छन् ।
बहुमत भएको भन्दै एमालेले पनौतीको नगर सभामा प्रत्येक वर्ष लफडा गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सामाजिक सञ्जाल र लोकप्रियतावादमाथि दाहालको चेतावनी : वैचारिक चिन्ता कि राजनीतिक प्रतिरक्षा?

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

सम्बन्धित

सामाजिक सञ्जाल र लोकप्रियतावादमाथि दाहालको चेतावनी : वैचारिक चिन्ता कि राजनीतिक प्रतिरक्षा?

नेपालको राजनीतिमा सत्ता निरन्तरताको लोभले निम्त्याउन खोजेको कुरूप यथास्थिति

झापा ५ : कार्यकर्ताले नै मत नदिने डर बढ्दो, पुराना दलहरू चिन्तित !

तराईमा हुस्सु, केही ठाउँमा हिमपातको सम्भावना

‘हामी झापाली’ ट्रेन्ड सहितको भावनात्मक ओली रणनीति शुरु, अब बालेन के गर्लान् ?

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com