काठमाडौ ५ असार । उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंह नेतृत्वको टोलीले आज बागमती करिडोरको अनुगमन गरेको छ ।
उपप्रधानमन्त्री सिंहसहित मन्त्रालयका सचिव, काठमाण्डौ उपत्यका विकास प्राधिकरण र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत समितिको टोलीले बागमती करिडोरको अनुगमन गरेको हो ।
बाग्मती नदीमा वर्षा लागेसँगै आउनसक्ने बाढीको जोखिम न्यूनीकरण गर्न र बागमती करिडोरमा भइरहेका कामहरूबारे बुझ्न उपप्रधानमन्त्री सिंहसहितको टोलीले सुन्दरीजलदेखि गुह्येश्वरीसम्मको स्थलगत अनुगमन गरेको हो ।
अनुगमनका क्रममा उपप्रधानमन्त्री सिंहले बागमतीमा बाढीको सम्भावित जोखिमबारे चासो व्यक्त गर्नुभएको छ ।








प्रतिक्रिया दिनुहोस्