काठमाठौ १ असार । प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आज पनि संसद् अवरोध गरेको छ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा सभामुख देवराज घिमिरेले संसद्को कारबाही सुरु गर्दा रास्वपा र राप्रपाले उभिएर विरोध जनाएका थिए।
त्यसपछि सभामुख घिमिरेले नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेलाई आकस्मिक समयमा बोल्न समय दिएसँगै रास्वपा सांसदहरुले वेल घेराउ गर्दै नारबाजी सुरु गरेका छन्।
नाराबाजीबीच पनि सभामुखले संसद्लाई अगाडि बढाएका छन्। अर्थमन्त्री बिष्णु पौडेलले पेस गरेको राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल सुरु भएको छ।








प्रतिक्रिया दिनुहोस्