ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश र स्थानीय तहमा नजाने कर्मचारीको हाजिरीमा ‘रातो’


admin

काठमाडौं, १४ चैत । सामान्य प्रशासन मन्त्रालयले प्रदेश र स्थानीय तहमा सरुवा भए पनि सम्बन्धित कार्यालयमा नजाने कर्मचारीमाथि कारबाही सुरु गरेको छ । पहिलो चरणमा खटाइएका, तर काममा नगएकाहरूको हाजिर खातामा रातो लगाउन सुरु भएको हो । साथै, ती कर्मचारीको हाजिर पनि बन्द गरिएको छ ।

हाजिरीमा रातो लगाइएका कर्मचारीमा सहसचिवदेखि कार्यालय सहयोगीसम्म परेका छन् । मन्त्रालयका अनुसार खटाएको कार्यालयमा नपुग्ने कर्मचारीको सूचीमध्ये बढी संख्यामा अधिकृत र नायब सुब्बा छन् । अहिले हाजिरीमा रातो लाग्नेमा पनि उनीहरू नै बढी छन् ।

मन्त्रालयले तोकिएको कार्यालयमा जान अटेर गर्ने ती कर्मचारीको बिदा पनि स्वीकृत गरेको छैन । अहिले कार्यरत कार्यालयबाट अब उनीहरूले तलब सुविधा नपाउने तथा खटाएको कार्यालबाट मात्रै तलब पाउने व्यवस्था गरिएको छ । मन्त्रालयले यो व्यवस्थापछि कर्मचारीहरू खटाएको कार्यालयमा जाने विश्वास गरेको छ ।

यसअघि मन्त्रालयले सरुवा भएको ठाउँमा जान पटक–पटक निर्देशन दिँदा पनि धेरै कर्मचारीले पालना गरेका थिएनन् । पहिलो चरणमा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत सरुवा भएका, तर नगएका कर्मचारीको हाजिरीमा रातो लगाएको भए पनि बुधबारबाट अन्य मन्त्रालयलाई पनि सरुवा भएका कर्मचारीको हाजिरीमा रातो लगाउन भनिएको छ ।

प्रदेश २ र ७ मा अधिकृत तहका बाहेक सबै कर्मचारी पुगेको मन्त्रालयले जनाएको छ । केही प्राविधिक कर्मचारी पठाउन बाँकी रहेको र अरूमा तत्कालको दरबन्दी पूरा भइसकेको पनि जानकारी दियो ।

कर्मचारीलाई नयाँ प्रस्ताव
प्रधानमन्त्री कार्यालयले प्रदेश र स्थानीय तहमा कर्मचारी पठाउन नयाँ प्रस्ताव तयार गरेको छ । संघीय निजामती ऐन संशोधन गर्ने क्रममा नयाँ प्रस्ताव तयार गर्न लागिएको हो । प्रस्तावअनुसार संघमा एक तह बढुवाका लागि कुनै पनि कर्मचारीलाई प्रदेश वा स्थानीय कम्तीमा एक वर्ष काम गरेकै हुनुपर्ने न्यूनतम आधार मान्ने व्यवस्था राख्न लागिएको छ । स्थानीय तहमा कर्मचारी अभावको समस्या समाधानका लागि प्रधानमन्त्री कार्यालयले यस्तो प्रयास गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com