काठमाडौ २२ जेठ । रामचन्द्र पौडेलले गणतन्त्र पेरु, गणतन्त्र इरान र गणतन्त्र मालदिभ्सका लागि गैरआवासीय राजदूत नियुक्त गरेका छन्।
गणतन्त्र ब्राजिलका लागि नेपालका आवासीय राजदूत निर्मलराज काफ्लेलाई गणतन्त्र पेरुका लागि, कतार राज्यका लागि नेपालका आवासीय राजदूत रमेशचन्द्र पौडेललाई गणतन्त्र इरानका लागि र श्रीलङ्काका लागि नेपालका आवासीय राजदूत पूर्णबहादुर नेपालीलाई गणतन्त्र मालदिभ्सका लागि नेपालको गैरआवासीय राजदूत पदमा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नियुक्ती गरिएको हो।








प्रतिक्रिया दिनुहोस्