काठमाडौ २२ जेठ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा गरेपछि युक्रेनलाई चेतावनी दिएका छन्।
उनले आफूसँग पुटिनले युक्रेनले रुसका हवाई अड्डाहरूमा युक्रेनले गरेको ठूलो ड्रोन आक्रमणको जवाफ दिनुपर्ने बताएको जानकारी गराएका हुन्।
पुटिनसँगको फोन वार्तापछि ट्रम्पले भने, ‘राष्ट्रपति पुटिनले विमानस्थलहरूमा हालै भएको युक्रेनको आक्रमणको जवाफ दिनुपर्नेछ भनेर धेरै कडा शब्दमा भनेका छन्।’
अर्थात्, रुसले चाँडै नै युक्रेनविरुद्ध बदला लिने कारबाही गर्न सक्छ।
रुसी अधिकारीहरूले बुधबार राति यो कुरा पुष्टि गर्न अस्वीकार गरेका थिए।
तर रुसले पहिले नै यसको जवाफका लागि सैन्य विकल्पबारे छलफल भइरहेको बताएको थियो।
ट्रम्पले सामाजिक सञ्जालमा लेखेअनुसार पुटिनसँग एक घण्टाभन्दा बढी समय भएको फोन कुराकानीले रुस र युक्रेनबीच तत्काल शान्तिु सम्भव देखिएको छैन।








प्रतिक्रिया दिनुहोस्