ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मकवानपुर र चितवनमा जंगली च्याउको तरकारी खाँदा १६ जना बिरामी, २ को अवस्था गम्भीर


abc news
जेष्ठ १८, २०८२ आईतबार  ११ : २३ बजे

काठमाडौ १८ जेठ । जंगली च्याउको तरकारी खाँदा मकवानपुर र चितवनमा १६ जना बिरामी परेका छन्।

मकवानपुर र चितवनका ग्रामीण क्षेत्रमा आफ्नै घर नजिकै उम्रिएको च्याउको तरकारी पकाएर खाँदा १६ जना बिरामी भएका बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ।

चितवनको भरतपुर महानगरपालिकार राप्ती नगरपालिका र मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका स्थानीय च्याउको तरकारी खाँदा बिरामी परेका हुन्। जसमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाई छ।

मकवानपुरको मकवानपुरगढी गाउँपालिका(८, ओकरेका ६१ वर्षीय वीरबहादुर तितुङ र उनका ८ वर्षीय छोरा बसन्त तितुङ आफ्नै बारीमा उम्रिएको जङ्गली च्याउ खाँदा बिरामी परेका हुन्।

उनीहरूलाई छिमेकी सुजन तामाङले शनिबार ९हिजो० दिउँसो १ः३० बजे उपचारका लागि हेटौँडा(१ स्थित सन्चो अस्पताल पुर्याएका थिए। प्रहरीका अनुसार दुवैको अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ।

यस्तै, चितवनको भरतपुर महानगरपालिका–२९, लामागाउँमा एकै परिवारका सदस्यसहित ५ जना जंगली च्याउको तरकारी खाँदा बिरामी परेका बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

बिरामी पर्नेमा ८२ वर्षीया पुन्टी गुरुङ, उनका छोरा ४० वर्षीय धनबहादुर गुरुङ, बुहारी ३५ वर्षीया मनमाया गुरुङ, नातिनी ४ वर्षीया आरिया गुरुङ र छिमेकी ४५ वर्षीया सानुमाया परियार छन्।

उनीहरूलाई उपचारका लागि शनिबार साँझ ६ बजे भरतपुर सरकारी अस्पताल पुर्याइएको थियो। धनबहादुर गुरुङ र मनमाया गुरुङको अवस्था गम्भीर रहेको छ भने अन्य तीन जनाको अवस्था मध्यम रहेको प्रदेश प्रहरीले जनाएको छ।

यता, चितवनकै राप्ती नगरपालिका–११, कोराकमा पनि जंगली च्याउको तरकारी खाँदा एउटै परिवारका ६ जना बिरामी भएका छन्।

बिरामी पर्नेमा ३० वर्षीया माया प्रजा, ३५ वर्षीया बुद्धि माया प्रजा, ११ वर्षीया जुनिसा प्रजा, ९ वर्षीया रेनिसा प्रजा, ७ वर्षीया अमृत प्रजा र २८ महिनाकी शिशु सलिन प्रजा रहेका छन्।

च्याउको तरकारी खाएपछि विभिन्न स्वास्थ्य समस्या देखा परेका उनीहरूलाई उपचारका लागि शनिबार राति ११ बजे सरकारी अस्पताल, भरतपुरमा भर्ना गरिएको प्रहरीले जनाएको छ। यी बिरामी सबैको अवस्था मध्यम रहेको पनि प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

अबकी बार, सय पार ! गगनको नारा, शेखरको भावनात्मक अपिल : घर-घर पुग’

सम्बन्धित

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

रौतहटमा बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध ५ दिन म्याद थप

अबकी बार, सय पार ! गगनको नारा, शेखरको भावनात्मक अपिल : घर-घर पुग’

ओली झापा पुगे, बालेन काठमाडौंमा रणनीति बुन्न फर्के

दुर्गा प्रसाईं फेरि पक्राउ

झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com