काठमाडौं १५ जेठ । नेकपा एकीकृत समाजवादी का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले बजेटमा रकमबिनाका शीर्षक राखिएको भन्दै असन्तुष्टि जनाएका छन्।
बिहीबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले बजेटमा केही ‘पपुलिस्ट’ कुरा पनि आएको टिप्पणी गरे। प्राथमिकता दिन खोजेका कुरालाई राम्रोसँग प्राथमिकता नदिएको समेत पाण्डेको भनाइ छ।
‘बजेटमा केही पपुलिस्ट कुराहरु आएका छन्, धेरै अव्यवहारिक छन्,’ उनले भने, ‘केहीमा व्यवस्था गरेको छु भनेको रकम छैन। शीर्षक राखेको छ, रकम छैन।’
पाण्डेले थपे, ‘प्राथमिकता दिन खोजेका कुराहरु राम्रोसँग प्राथमिकता दिन खोजेको देखिएन। रोजागारी सिर्जना गर्ने कुरामा ध्यान दिइएको छैन।’







प्रतिक्रिया दिनुहोस्