ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मदन भण्डारी स्पोर्टस एकेडेमी सेमीफाईनलमा, नेपाल आर्मी पराजित


sharan sharan

बुटवल, १३ चैत्र ।
विभागिय टिम नेपाल आर्मीलाई पराजित गर्दै आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी बुटवलमा जारी तेस्रो मदन भण्डारी अन्तर्राष्टिय गोल्डकप फुटवल प्रतियोगिताको सेमिफाईनलमा प्रबेश गरेको छ ।
मदन भण्डारी स्पोर्टस एकेडेमी प्रदेश नं. ५ को आयोजनामा बुटवल १२ रामनगरमा रहेको मानवज्ञान माविको खेल मैदानमा भएको प्रतियोगितामा नेपाल आर्मीलाई ३–१ ले हराउँदै आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी सेमिफाईनलमा प्रबेश गरेको हो । पहिलो हाफमा अगता १–० अग्रता बनाएको नेपाल आर्मीले दोस्रो हाफमा रक्षात्मक खेल्न सकेन । पहिलो हाफमा १ गोलले पछि परेकोे आयोजक मदन भण्डारीले दोस्रो हाफ सुधारिएको खेल खेलेको थियो । दोस्रो हाफमा आयोजकका लागि विदेशी खेलाडि म्याक्सले खेलको ६२ औं र ६७ औं मिनेटमा दुई गोल गरे भने अर्को एक गोल विदेश खेलाडि एबाले खेलको ७५ औं मिनेटमा गरे । आर्मीका लागि एक मात्र गोल खेलको १४ औं मिनेटमा विबेक बस्नेतले गरेका थिए ।
प्रतियोगिता प्रथम हुनेले नगद १५ लाख, द्धितिय हुनेले नगद ७ लाख ५० हजार रुपैया प्राप्त गर्ने छन । प्रतियोगितामा सेमिफाईनल पुग्ने २ टिमले नगद १ लाख प्राप्त गर्नेछन । त्यसैगरी सर्वोउत्कृष्ट खेलाडिल मोटरसाईकल प्राप्त गर्ने आयोजकको भनाई छ । उत्कृष्ट खेलाडि, उत्कृष्ट गोलकिप्पर, उत्कृष्ट गोलरक्षक, प्रशिक्षक, सर्वाधिक गोलकर्ता र उत्कृष्ट मध्यपक्ति खेलाडिले नगद २१÷२१ हजार प्राप्त गर्ने आयोजकको भनाई छ । १ करोड १० लाखको लागत अनुमान गरिएको प्रतियोगितामा नेपाली ए डिभिजनका टिम तथा मलेसियाको हिमालय एफसीको सहभागी रहेको र सम्पूर्ण टिमका खेलाडि तथा प्रशिक्षकहरुलाई आयोजकले निशुल्क रुपमा स्तरीय होटलहरुमा राखेको मदनभण्डारी स्पोर्टस एकेडेमि प्रदेश ५ का सचिव मेघराज भट्टराईले बताउनुभयो ।
आयोजक मदन भण्डारी स्पोर्टस, सुदुरपश्चिम कैलाली, नेपाल आर्मी, थ्रिस्टार क्लव, हिमालय एफसी मलेसिया, नेपाल पुलिस क्लव, मनाङ मस्याङदी, सुनौलो संगम, एपिएफ क्वल र झापा ११ को सहभागिता रहेको खेलको फाइनल १९ गते हुनेछ ।
प्रतियोगिता अन्तर्गत चैत १३ गते दोस्रो क्वाटर फाईनल खेलमा बिभागिय टिम एपिएफ र बुटवलको सुनौलो संगम क्लवका बीच ३ बजे हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

एनपीएलमा आज दुई खेल हुँदै

काठमाण्डु र सुदूरपश्चिम भिड्दै

एनपिएल इतिहासकै उच्च स्कोर बनाएको विराटनगरको विजयी सुरुवात

युएईविरुद्ध कप्तान पौडेलको सतक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com