ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनताले राख्न पाउने भए संसदमा आफ्ना गुनासो


admin

काठमाडौं, १२ चैत । जनताले आफ्ना दैनिक तथा दीर्घकालीन समस्यालाई लिखित रूपमा व्यवस्थापिका संसद्मा उठाउन पाउने भएका छन् । प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिले जनताका समस्या सांसदले लिखित रूपमा लिएर आएर वाचन गर्न पाउने व्यवस्थासहितको नियमावली तयार पारेको हो ।

यसअघिका संसद्मा जनताका कुरा जनप्रतिनिधिले मात्र राख्न पाउने भए पनि अहिले भने प्रत्यक्ष रूपमा जनतालाई नै सहभागी गराउन लागिएको हो । सर्वसाधारणलाई बैठकमा उपस्थित गराउन नपाइने भए पनि कुनै सांसदमार्फत जनताले आफ्ना समस्या र सुझाबजस्ता कुरा लिखित रूपमा राख्न पाउनेछन् । ‘जनताबाट निर्वाचित सांसदलाई नै जनताका आवाज राख्न पाउने गरी त्यस्तो व्यवस्था गरेका हौँ,’ मस्यौदा समितिका सभापति कृष्णभक्त पोखरेलले जानकारी दिए ।

संसद् बैठकमा साप्ताहिक रूपमा एकपटक निश्चित विषयमा मन्त्री र सांसदबीच शून्य समयमा सवाल–जवाफ पनि चलाइने भएको छ । सरकारलाई जनउत्तरदायी बनाउनका लागि मन्त्रालयले पालो अनुसारको सातामा संसद्मा सांसदले उठाएका प्रश्नको जवाफ दिनुपर्ने व्यवस्था गरिएको हो ।

‘सांसदले लिखित रूपमा राखेको कुरालाई लिखित र मौखिक रूपमा राखेको कुरालाई मौखिक रूपमा तत्काल जवाफ दिनुपर्ने व्यवस्था गरिएको छ,’ सभापति पोखरेलले भने, ‘ यसले गर्दा मन्त्री र मन्त्रालयलाई जनताप्रति बढी उत्तरदायी बनाउनेछ ।’ यसैगरी, शून्य समयमा सांसदले उठाएका मन्त्रालयगत समस्या पनि सम्बन्धित मन्त्रालयले निश्चित समयभित्र जवाफ दिनुपर्ने व्यवस्था गरिएको छ ।

विगतमा संसद्मा उठेका विषयलाई मन्त्रीले आफूखुसी कहिले जवाफ दिने, त कहिले नदिने गरेपछि अब भने त्यसमा कडाइ गर्न लागिएको हो । जनताका समस्याबाट सरकार वा जोकोही पनि भाग्न नहुने भन्दै जवाफ दिनैपर्ने व्यवस्था नियमावलीमै राखिएको छ । जसले गर्दा सांसदका प्रश्नको जवाफ मन्त्रीले दिनैपर्नेछ ।

यसैगरी, संसद्मा मोबाइल फोनमा पनि कडाइ गरिने भएको छ । संसद् बैठक चलिरहेका वेला सांसदहरू फोनमा, सामाजिक सञ्जालमा सक्रिय हुन थालेपछि त्यसको जनस्तरबाट व्यापक आलोचना हुने गरेको थियो । सोही कुरालाई मध्यनजर गर्दै मस्यौदा समितिले मोबाइल फोनमा कडाइ गर्ने नीति लिएको हो । समितिका सभापति पोखरेलका अनुसार अब सांसदले बैठकका समयमा मोबाइल चलाउन नपाउने गरी नियम बनाइएको हो ।

उनले सबै सांसदले बैठकको समयमा मोबाइल सञ्चालन गर्न नपाउने र ‘साइलेन्ट मुड’ मा राख्नुपर्ने व्यवस्था गरिएको बताए । २२ फागुनमा एक महिना अवधि दिएर गठन गरिएको समितिले २० चैतमै प्रतिवेदन तयार पारेर संसद् बैठकमा प्रस्तुत गर्ने तयारी गरेको छ । यसअघिको बैठकमा समितिले संसद् बैठक १ बजे नै सञ्चालन गर्नुपर्ने, बैठक आह्वान गरेको भन्दा २ घण्टा ढिलो भए स्वतः स्थगित हुने लगायतको निर्णय गरेको थियो ।

यस्तै, पहिलो बैठकले प्रस्तावना, संक्षिप्त नाम र प्रारम्भ, परिभाषा, अधिवेशन आह्वान, अन्त्य तथा सदस्यहरूको उपस्थिति, बैठक सञ्चालन र स्थगन, बैठक अध्यक्षता गर्ने व्यक्तिको मनोनयनलगायत विषय सर्वसम्मतिले टुंग्याएको थियो ।

समितिमा एमालेबाट पोखरेलसहित रवीन्द्र अधिकारी, विन्दा पाण्डे र जुली महतो, नेपाली कांग्रेसबाट दिलेन्द्र बडू, मीनेन्द्र रिजाल र मीनबहादुर विश्वकर्मा माओवादीबाट देव गुरुङ र रेखा शर्मा, फोरम तथा राजपाबाट बृजेशकुमार गुप्ता, लक्ष्मणलाल कर्ण र विमल श्रीवास्तव तथा अन्य दलका तर्फबाट प्रेम सुवाल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com