ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘गाईकाण्ड’ मा मुछिएकी उपसभामुख तामाङ भन्छिन : मैले गाई काटेर खान पाउनुपर्छ भनेकै छैन


admin
चैत्र ११, २०७४ आईतबार  ९ : २२ बजे

काठमाडौं, ११ चैत । प्रदेश नम्बर ३ की उपसभामुख राधिका तामाङले आफूले गाई काटेर खान पाउनु पर्छ नभनेको भन्दै खण्डन गर्नुभएको छ । अहिले सामाजिक सञ्जालमा विभिन्न खालका टिकाटिप्पणी भइरहेकोप्रति तामाङले ुगाईको मासु खान पाउनुपर्ने र गाई काट्नेलाई जेल हाल्ने कानुन संशोधन हुनुपर्ने धारणा राखेको भन्ने गलत र भ्रामण भएको प्रतिक्रिया दिनुभएको छ ।

उहाँले भन्नुभयो  – सामाजिक सञ्जालमा कसले लेख्यो र कुन आधारमा लेख्यो त्यो मलाई थाहा छैन । यो बिषयमा मैले धेरे बोलिरहेको छैन । म हेर्दैछु । अहिले धेरै जनाको बहस हेरिरहेकी छु । यो राजनीतिक प्रतिशोतको आधारमा चलाइएको हल्ला हो भन्ने लाग्छ मलाई । नुवाकोटमा कांग्रेस हारेको छ । त्यो खपिनसक्नु भएर गलत अफबाह फैलाइएको हो ।

–अर्को तामाङ समुदायको चेलिबेटी बेच्ने सुनबहादुर तामाङलाई वडा अध्यक्ष बनाएर उससँग धेरै खाइपिइ आएका ब्यक्तिहरुले अब खान नपाउने भए । सँगसँगै कांग्रेसको इमेज थप ड्यामेज भयो । र, आत्तिएर म माथि यो प्रहार भएको हो ।

–मैले गाइ काटेर खान पाउनु पर्छ भनेर कहाँ बोलेको कुनै आधार छैन । काँही केही भनेकी छैन । त्यसतो रेकर्ड पनि छैन । अहिले म जुन पोष्टमा छु । त्यो पोष्टमा रहेर मैले के गर्नु पर्छ । के बोल्नु पर्छ भन्ने मलाई राम्ररी थाहा छ ।

– नेपाल तामाङ घेदुङले भनेको कुरालाई मसँग जोडेर नियोजित तरिकाले फैलाउने अधिकार उनीहरुलाई कसले दियो थाहा छैन । यो बिषयमा म पनि अनविज्ञ नै छु ।

–यस बिषयमा नेपाल तामाङ घेदुङले गृहमन्त्री, मुख्य मन्त्रीलाई समेत ज्ञापन पत्र बुझाएको छ । यो बिषयमा प्रधानमन्त्रीसँग सम्म पुग्ने उनीहरुको तयारी हो । यो राष्ट्रिय मिडियामा पहिले देखिनै आएको बिषय हो ।

–मकवानपुरको पदम पोखरीका बिचौलियाले पैसाको बार्गेनिङ गरेर दिन नसकेपछि गाई काटेको आरोपमा मानिसलाई फसाउने काम गरिएको छ । त्यसको बिरुद्धमा आवाज बुलन्द गर्न गएको नेपाल तामाङ घेदुङले् जो बिषय राखेको छ । त्यसलाई मैले भनेको भनेर चरित्र हत्या गर्ने प्रयास गरिएको छ । यो मलाई मात्र होइन । संघियता, धर्मनिपरेक्षता लगायत सबैमा गरिएको प्रहार हो । यसले कांग्रेसको बास्तबिक चरित्र र केही कम्युनिष्ट भन्नेको पनि चरित्र देखिएको छ ।

–एउटा कुरा यो कसले गलत ढंगले बाहिर ल्यायो मलाई पनि थाहा छैन । नेपाल तामाङ घेदुङले सामान्य भेटघाटको कुरा गर्यो । तामाङ घेदुङको डेलिगेसन टिमले यो बिषय राख्यो । त्यसपछि मेरो नुवाकोटको पनि छुट्टै डेलिकेसन टिम थियो । त्यसपछि घेदुङ टिम हिँड्यो, नुवाकोटको टिम बस्यो । त्यो समयमा मैले बोल्न पनि पाइनँ । त्यहा कुनै पत्रकार पनि थिएनन् ।

–भोलिपल्ट पो कुरो गुुटुङटुङ आयो । के आयो भनेर हेर्दा जे मन लाग्यो त्यही लेखेर पठाइएको रहेछ । मेरो विरोध गर्ने केही पात्रहरु मैले चिनेको छु । मेरो विनाआधार चरित्र हत्यागर्ने तिनीहरुको बिरुद्धमा कानुनी लडाई लड्ने र कानुनी बाटो खोज्ने पनि सोचमा छु । अहिले बाहिरको कुरा, नियाली रहेकी छु ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अर्थतन्त्रको ‘भ्रम’ विरुद्ध श्वेतपत्रको ‘तथ्य’: एक दशकको छलाङ कि सामान्य वृद्धि?

स्वास्थ्यमन्त्रीको निर्देशनपछि दुरुपयोग भएका गाडी मन्त्रालय तानियो

सम्बन्धित

आज र भोलि कोशी र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, तराई क्षेत्रमा गर्मी घट्ने अनुमान

आईपीएल क्रिकेटमा गुजरातले चेन्नईलाई हरायो

करको दर घटाउनुपर्छ ः राजनीतिक विश्लेषक , रायमाझी भिडियो

प्रदेश सरकारको संरचना पुनःसंयोजन, मन्त्रालय घटाउने विषय मुख्य एजेन्डामा छलफलमा कांग्रेस

पहाडी र हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना

भारतको जलमार्ग र चीनको बन्दरगाह हुँदै विश्व बजार पुग्ने १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धता’ ((पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com