काठमाडौं १५ बैशाख । चिकित्सा शिक्षा आयोगको १६ औँ बैठकको निर्णय बमोजिम निजी मेडिकल कलेज सञ्चालकहरूले आवासीय चिकित्सकहरूको निर्वाह भत्ता बढाउन तयार भएका छन्।
आयोगको १९औँ बैठकमा कलेज सञ्चालकहरूले निर्वाह भत्ता बढाउन तयार भएको जनाएका हुन्।
आयोगको १६औँ बैठकले निजी मेडिकल कलेजहरूले पनि सरकारीसरह आवासीय चिकित्सकलाई ४८ हजार ७३७ रुपैयाँ दिने निर्णय गरेको थियो।
तर सो निर्णयको मेडिकल कलेजहरूले विरोध गरेका थिए। निजी मेडिकल कलेजहरूको संगठन एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालका अध्यक्ष डा। ज्ञानेन्द्रमान सिंह कार्कीले आफूहरू सरकारी सरह निर्वाह भत्ता दिन तयार रहेको जनाएका छन्।
उनले भने, ‘हामी आवासीय चिकित्सकलाई सरकारले तोकेको ४८ हजार ७३७ रुपैयाँ दिन तयार छौँ, अब आयोगको १९औँ बैठक बस्दै छ। बैठकमा तोकिएबमोजिमको निर्वाह भत्ता दिन तयार भएको सूचना जानकारी गराउँछौँ।’







प्रतिक्रिया दिनुहोस्