काठमाडौं १४ बैशाख । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी आगामी चुनावमा प्रमुख पार्टी बन्ने दाबी गरेका छन्। आइतबार मदन भण्डारी फाउन्डेसनको चौथो राष्ट्रियलाई काठमाडौँमा सम्बोधन गर्दैै उनले यो सम्भव रहेको समेत स्पष्ट पारे।
‘यहाँ पनि निल वर्ण सृंगारहरु बहुतै हाउ हाउ गरिराखेका छन्,’ बाघ र स्यालको कथा सुनाउँदै ओलीले भने, ‘यिनको मुखुण्डो उत्रिएको छ तर जनताले चिनिराखेका छन्। जतिबेला यिनीहरु बोल्छन्, चिनिहाल्छ( एमाले सिध्याउनै पर्छ भनेर। सिध्याउनलाई पार्टी पटक(पटक फुटाएको हामीले देखेका छौँ। तर पनि हामी मजबुत छौँ। अहिले पनि देशको मजबुत पार्टी हौँ हामी। र, हामीले सम्भव नारा दिएका छौँ(आगामी २०८४ को निर्वाचनमा हामी प्रमुख पार्टी हुन्छौँ।’
आफ्नो पार्टीलाई देशको राष्ट्रिय शक्ति बनाउनुपर्ने आवश्यता रहेको भन्दै उनले त्यो २०८४ चुनावबाट पुरा गर्ने बताए। ‘प्रमुख पार्टी मात्रै होइन, नेकपा एमाले एउटा मजबुत राष्ट्रिय शक्ति हो,’ ओलीले भने, ‘यसलाई निर्णायक राष्ट्रिय शक्तिका रुपमा बिकास गर्नुछ।लामो पर्खिने काम छैन। मिसन २०८४ भनेर हामी ०८४ बाटै पुरा गर्छौं। निर्णायक राष्ट्रिय शक्तिका रुपमा हामी यसलाई बिकास गर्छौँ।’







प्रतिक्रिया दिनुहोस्