काठमाडौं १२ बैशाख । नेपाली कांग्रेसले शिक्षकहरूको विषयमा प्रधानमन्त्रीले कम बोल्दा नै ठिक हुने बताएको छ। कांग्रेस प्रवक्तासमेत रहेका सांसद डा।प्रकाशशरण महतले संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले यथार्थ कुरा प्रस्तुत गर्नुपर्ने बताएका हुन्।
शिक्षा ऐन जारी गर्न माग गर्दै २४ दिनदेखि सडक आन्दोलनमा रहेका शिक्षकका विषयमा प्रधानमन्त्रीले लगातार नकारात्मक टिप्पढी गरिरहेका छन्। उनको टिप्पणीलाई लिएर सत्तागठबन्धनकै आलोचना भएपछि सत्तासाझेदार दल कांग्रेसले उनलाई सचेत गराएको छ।
महतले भने, प्रधानमन्त्री प्रधानमन्त्री भएकै कारण बढी जिसम्मेवारी हुन्छ। प्रधानमन्त्रीले जनताले आफ्नो धारणा राख्दा संयम हुन जरुरी छ। त्यो पदमा पुगिसकेपछि कम बोल्दा नै ठिक हुन्छ। के गर्न सकिन्छ सकिनँदैन भन्ने कुरामा यथार्थ कुरामा प्रस्तुत हुनुपर्छ।
त्यस्तै महतले शिक्षकहरूले आन्दोलन स्थगित गरेर विद्यार्थीको शिक्षा आर्जन गर्ने अधिकार प्राप्तिका लागि सघाउनुपर्ने बताएका छन्। उनले शिक्षकका जायज र राज्यले थेग्नसक्ने मागहरू सम्बोधन गरिनुपर्ने पनि बताए।
‘शिक्षकका जायज र राज्यले थेग्नसक्ने हामीले विगतमा प्रतिवद्धता गरेका विषयहरूलाई चाँडोभन्दा चाँडो टुंग्याइदिनुपर्छ। सम्बोधन गर्नुपर्छ। र यो विद्यालय शिक्षा विधेयकलाई छिटोभन्दा छिटो संसद्बाट पास गरेर कानुनी रुप दिनुपर्छ,ु उनले भने, ुशिक्षक साथीहरूले विद्यार्थीको शिक्षा आर्जन गर्ने अधिकार छ त्यसमा सघाउनुपर्छ। केही समय विधेयक पारित गर्नको लागि लाग्छ। सरकारतर्फबाट वार्ता गरेर अहिले तत्काल यी यी कुराहरू गर्न सकिन्छ, यी कुराहरू यसकारण गर्न सकिएन तपाईंहरूले पनि बुझिदिनुपर्यो भनेर समझदारी गरी कार्यान्वयन गर्ने काम सरकारको तर्फबाट हुनुपर्यो।’
उनले विद्यालय शिक्षा ऐन टुंग्याउन अझै केही समय लाग्ने भएकाले शिक्षकहरूले सहजीकरण गरिदिनुपर्ने बताए। उनले सरकारतर्फबाट वार्ता गरेर तत्काल पूरा गर्न सकिने मागहरू पूरा गर्ने र नसकिने विषयमा शिक्षकहरूलाई सम्झाउन जरुरी रहेको उल्लेख गरे।







प्रतिक्रिया दिनुहोस्