ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शिक्षकको विषयमा प्रधानमन्त्रीले कम बोल्दा नै ठिक हुन्छ- कांग्रेस


एबीसी न्यूज
बैशाख १२, २०८२ शुक्रबार  ७ : २४ बजे

काठमाडौं १२ बैशाख । नेपाली कांग्रेसले शिक्षकहरूको विषयमा प्रधानमन्त्रीले कम बोल्दा नै ठिक हुने बताएको छ। कांग्रेस प्रवक्तासमेत रहेका सांसद डा।प्रकाशशरण महतले संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले यथार्थ कुरा प्रस्तुत गर्नुपर्ने बताएका हुन्।

शिक्षा ऐन जारी गर्न माग गर्दै २४ दिनदेखि सडक आन्दोलनमा रहेका शिक्षकका विषयमा प्रधानमन्त्रीले लगातार नकारात्मक टिप्पढी गरिरहेका छन्। उनको टिप्पणीलाई लिएर सत्तागठबन्धनकै आलोचना भएपछि सत्तासाझेदार दल कांग्रेसले उनलाई सचेत गराएको छ।

महतले भने, प्रधानमन्त्री प्रधानमन्त्री भएकै कारण बढी जिसम्मेवारी हुन्छ। प्रधानमन्त्रीले जनताले आफ्नो धारणा राख्दा संयम हुन जरुरी छ। त्यो पदमा पुगिसकेपछि कम बोल्दा नै ठिक हुन्छ। के गर्न सकिन्छ सकिनँदैन भन्ने कुरामा यथार्थ कुरामा प्रस्तुत हुनुपर्छ।

त्यस्तै महतले शिक्षकहरूले आन्दोलन स्थगित गरेर विद्यार्थीको शिक्षा आर्जन गर्ने अधिकार प्राप्तिका लागि सघाउनुपर्ने बताएका छन्। उनले शिक्षकका जायज र राज्यले थेग्नसक्ने मागहरू सम्बोधन गरिनुपर्ने पनि बताए।

‘शिक्षकका जायज र राज्यले थेग्नसक्ने हामीले विगतमा प्रतिवद्धता गरेका विषयहरूलाई चाँडोभन्दा चाँडो टुंग्याइदिनुपर्छ। सम्बोधन गर्नुपर्छ। र यो विद्यालय शिक्षा विधेयकलाई छिटोभन्दा छिटो संसद्‌बाट पास गरेर कानुनी रुप दिनुपर्छ,ु उनले भने, ुशिक्षक साथीहरूले विद्यार्थीको शिक्षा आर्जन गर्ने अधिकार छ त्यसमा सघाउनुपर्छ। केही समय विधेयक पारित गर्नको लागि लाग्छ। सरकारतर्फबाट वार्ता गरेर अहिले तत्काल यी यी कुराहरू गर्न सकिन्छ, यी कुराहरू यसकारण गर्न सकिएन तपाईंहरूले पनि बुझिदिनुपर्‍यो भनेर समझदारी गरी कार्यान्वयन गर्ने काम सरकारको तर्फबाट हुनुपर्‍यो।’

उनले विद्यालय शिक्षा ऐन टुंग्याउन अझै केही समय लाग्ने भएकाले शिक्षकहरूले सहजीकरण गरिदिनुपर्ने बताए। उनले सरकारतर्फबाट वार्ता गरेर तत्काल पूरा गर्न सकिने मागहरू पूरा गर्ने र नसकिने विषयमा शिक्षकहरूलाई सम्झाउन जरुरी रहेको उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सादा पोशाकका प्रहरीले बालेनका लागि भोट मागेपछि निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

ओली, गगन, आरजु लगायतका नेताहरूको नाम दुरुपयोग गरी अमेरिकी नागरिकले ठगी धन्दा चलाएको खुलासा

सम्बन्धित

बजारमा ग्यासको चरम अभाव, सिलिण्डर बोकेर भौतारिँदै उपभोक्ता

यो निर्वाचन राष्ट्रको नयाँ राजनीतिक संस्कृतिको प्रस्थानबिन्दु बन्नुपर्छ : प्रधानमन्त्री कार्की

सादा पोशाकका प्रहरीले बालेनका लागि भोट मागेपछि निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

ओली, गगन, आरजु लगायतका नेताहरूको नाम दुरुपयोग गरी अमेरिकी नागरिकले ठगी धन्दा चलाएको खुलासा

संसद्‌मा प्रधानमन्त्री कार्कीको पहिलो सम्बोधन: “अब यो अवसर पाउन कठिन होला, आशा पनि छैन”

संसद् भवन अघि हवन: जेन-जी सहिदको सम्झना र सपना पूरा गर्ने प्रयास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com