ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शिक्षकहरू आज पनि प्रदर्शनमा, सर्वोच्चले आदेश दिए पनि विद्यालय खुल्नेमा शङ्का


एबीसी न्यूज
बैशाख १२, २०८२ शुक्रबार  १ : २३ बजे

काठमाडौं १२ बैशाख । शिक्षकहरूले आज पनि माइतीघर–बबरमहल सडकमा प्रदर्शन गरिरहेका छन् ।

हिजो सर्वोच्च अदालतले तीन दिनभित्र पठनपाठनको वातावरण बनाउन सरकारलाई आदेश दिए पनि विद्यालय कहिलेदेखि खुल्छ भन्ने अन्योल कायमै छ । आन्दोलन आयोजना गरेको नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले प्रतिनिधिसभाबाट ऐन पारित भएको भोलिपल्ट मात्रै विद्यालय खोल्ने बताउनुभएको छ ।

नयाँ शैक्षिक सत्रसँगै निजी विद्यालयहरूमा चहलपहल हुन थाले पनि सामुदायिक विद्यालयहरूमा भर्ना प्रक्रिया नै शुरू हुन सकेको छैन । भर्ना गर्नुपर्ने समयमै सामुदायिक विद्यालय बन्द हुँदा सामुदायिक विद्यालयका विद्यार्थीहरू निजीमा जाने क्रम बढेको छ ।

यसैबीच नेपाल ट्रेड युनियन कांग्रेसले शिक्षकहरूका मागप्रति गम्भीर हुन र तत्काल समाधान गर्न सरकारसँग माग गरेको छ । शिक्षकहरूको आन्दोलनमा ऐक्यबद्धता रहेको भन्दै ट्रेड युनियनका महासचिव अजयकुमार राईले विज्ञप्ति निकालेर सरकारसँग यस्तो माग गर्नुभएको हो ।

लोकतान्त्रिक पेशागत सङ्घ–सङ्गठनहरूको राष्ट्रिय महासङ्घ ट्रेड युनियन कांग्रेसले सर्वोच्च अदालतले समेत शिक्षकका मागहरू सम्बोधन गरी विद्यालय फर्कने वातावरण बनाउन आदेश गरिसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नीति तथा कार्यक्रममाथिको संशोधन प्रस्तावमा कुन सांसदले के भने ?

संविधानका अक्षरहरू बहुमतको गणितले मात्रै कोरिन हुँदैन : सुहाङ नेम्वाङ

सम्बन्धित

ट्रम्प-सी शिखर भेट : ताइवान मुद्दामा सीको चेतावनी, ट्रम्पको प्रशंसा

ट्रम्पले बारम्बार भने : राष्ट्रपति सी महान् नेता हुन्

नीति तथा कार्यक्रममाथिको संशोधन प्रस्तावमा कुन सांसदले के भने ?

संविधानका अक्षरहरू बहुमतको गणितले मात्रै कोरिन हुँदैन : सुहाङ नेम्वाङ

ट्रम्पलाई बेइजिङमा स्वागत गर्दै सीको सन्देश : ‘प्रतिद्वन्द्वी होइन, साझेदार बन्नुपर्छ’

संसद् छल्दै प्रधानमन्त्री वालेन्द्र, बढ्दो आलोचना र जवाफदेहितामाथि प्रश्न

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com