ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आईपीएल क्रिकेटमा कोलकाताले चेन्नईलाई आठ विकेटले हरायो


एबीसी न्यूज

काठमाडौं, ३० चैत्र । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले चेन्नई सुपर किङ्सलाई हराएको छ ।

महेन्द्रसिंह धोनी कप्तानी जिम्मेवारीमा फर्किएकै दिन हिजो चेन्नई कोलकातासँग आठ विकेटले पराजित भएको हो । नियमित कप्तान ऋतुराज गायकवाड कुहिनाको चोटका कारण आईपीएलबाट बाहिरिएपछि धोनी कप्तानी जिम्मेवारीमा फर्किएका थिए ।

चेन्नईले दिएको १०४ रनको लक्ष्य पछ्याएको कोलकाताले १० ओभर एक बलमा दुई विकेट गुमाउँदै १०७ रन बनायो । कोलकाताको जीतमा सुनील नारायणले सर्वाधिक ४४ रन बनाए । क्विन्टन डि ककले २३ रन जोडे ।

चेन्नईका नूर अहमद र अन्सुल कामबोजले समान एक विकेट लिए । त्यसअघि एमए चिदम्बरम स्टेडियम, चेपौकमा टस हारेर पहिला ब्याटिङ गरेको चेन्नईले नौ विकेट गुमाउँदै १०३ रन बनाएको थियो ।

चेन्नईका शिवम दुबेले अविजित ३१ रन बनाए । विजय शंकरले २९ रन जोडे । कोलकाताका सुनील नारायणले तीन विकेट लिए । हर्षित राना र वरुण चक्रवर्तीले समान दुई विकेट लिँदा वैभव अरोरा र मोइन अलीले एकरएक विकेट लिए ।

जीतसँगै तेस्रो स्थानमा उक्लिएको कोलकाताले ६ खेलबाट ६ अङ्क पुर्‍याएको छ । चेन्नईको भने यो लगातार पाँचौं हार हो । चेन्नई दुई अङ्कका साथ नवौं स्थानमा छ ।

आईपीएलमा आज लखनउ सुपर जायन्ट्स र गुजरात टाइटन्स तथा सनराइजर्स हैदराबाद र पन्जाब किङ्स खेल्दैछन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् स् दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

एनपीएलमा आज दुई खेल हुँदै

काठमाण्डु र सुदूरपश्चिम भिड्दै

एनपिएल इतिहासकै उच्च स्कोर बनाएको विराटनगरको विजयी सुरुवात

युएईविरुद्ध कप्तान पौडेलको सतक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com