ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ३, २०८३ बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विपक्षी दलका नेतासँग ओलीको टेलिफोन संवाद, कुलमानबारे सोमबार जवाफ दिन सहमत


एबीसी न्यूज
चैत्र १७, २०८१ आईतबार   ५ : ०६   बजे

काठमाडौं १७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउनुको कारणबारे सोमबार संसद्‌मा जवाफ दिने भएका छन्।

आइतबार बिहान सभामुख देवराज घिमिरेले प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग गरेको छलफलमा सो सहमति भएको एमाले मुख्य सचेतक महेशकुमार बर्तौलाले जानकारी दिएका हुन्।

उनका अनुसार यस विषयमा आज प्रधानमन्त्री ओली र विपक्षी दलका नेताबीच टेलिफोन संवाद भएको थियो।

प्रधानमन्त्रीले आजकै लागि सर्वदलीय बैठक बोलाएको जानकारी पनि बर्तौलाले नेपालखबरलाई दिए।

बैठकमा सत्तापक्षले सदन अवरोध खुलाउन विपक्षी दललाई अनुरोध गरेको छ। तर विपक्षी दलले कुलमान बर्खास्तका विषयमा प्रधानमन्त्रीले जवाफ नदिएसम्म सदन चल्न नदिने अडान दोहोर्‍याए।

आज पनि संसद्‌का दुवै सदनका बैठक बस्दै छन्।

यसैबीच प्रमुख सचेतकहरूसँगको बैठकमा सभामुख घिमिरेले चैत १५ गते तीनकुनेमा भएको हिंसा लोकतन्त्रविरुद्धकै प्रहार भएकाले संसद्‌मा छलफल बहस गर्ने वातावरण बनाउन दलहरूलाई आग्रह गरेका थिए।

सरकारले यही चैत ११ गते कुलमानलाई हटाउँदै विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेपछि विपक्षी रुष्ट छ।

राम्रो काम गरिरहेका कुलमानलाई ४ महिना कार्यकाल बाँकी छँदै सरकारले अपमानपूर्ण ढंगले निकालेको भनी विपक्षी दलले यस विषयमा प्रधानमन्त्री ओलीले संसद्‌मै जवाफ दिनुपर्ने माग गरिरहेका छन्।

कुलमान पनि आफ्नो बर्खास्तीविरुद्ध सर्वोच्च अदालत पुगेका छन्। त्यसो त विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पनि आफ्नो पुरानो रिटमा पहिले निर्णय गरिनुपर्ने माग अदालतसँग गरेका छन्।

यस विषयमा शुक्रबार न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले प्रारम्भिक सुनुवाइ गर्दै आज दुवै रिटका पक्ष र विपक्षलाई अदालत बोलाएको थियो।

घिसिङ र शाक्य दुवैको रिट सुनुवाइका लागि आज आज प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश सारंगा सुवेदीको संयुक्त इजलासमा तोकिए पनि कुलमानको रिट हेर्न नमिल्नेमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो भ्रमणबाट बालेन सरकारका परराष्ट्रमन्त्रीले बेइजिङलाई दिएका दुई संकेत

जति आरोप लाञ्छना लगाइए पनि पुनर्गठन अभियान सफल हुनेछ– ईश्वर पोखरेल

सम्बन्धित

पसलमा चिया पिउन जान भ्याउने प्रधानमन्त्रीलाई चिया किसानको समस्या समाधानमा फुर्सद छैन– निश्कल राई

पहिलो भ्रमणबाट बालेन सरकारका परराष्ट्रमन्त्रीले बेइजिङलाई दिएका दुई संकेत

जति आरोप लाञ्छना लगाइए पनि पुनर्गठन अभियान सफल हुनेछ– ईश्वर पोखरेल

सुनको भाउ आज तोलामा १ हजार २०० रुपैयाँले घट्यो

विश्वकप फुटबलमा अस्ट्रियाले जोर्डनलाई हरायो

विश्वकप : मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको शानदार सुरुआत, अल्जेरियामाथि ३–० को सहज जित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group