ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार २, २०८३ मंगलबार
```
के बालेन र रवि फुटदैछन  ? आरके ढुंगाना, नेता, रास्वपा ▶
के बालेन र रवि फुटदैछन ? आरके ढुंगाना, नेता, रास्वपा
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आकलनभन्दा बाहिर गयो राजावादी प्रदर्शन- गृह मन्त्रालय


एबीसी न्यूज
चैत्र १५, २०८१ शुक्रबार   ८ : ४५   बजे

काठमाडौं १५ चैत । त्यसो त, समाजवादी मोर्चाको कार्यक्रम राखेकै दिन चैत १५ कै दिन मेडिकल व्यवसायी दुर्गा प्रसाईँले प्रदर्शन घोषणा गरेपछि सम्भावित घटना हुन सक्ने आकलन भएको हो।
तर, राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री डा धवलशम्शेर राणा र स्वयं प्रसाईँले प्रदर्शन शान्तिपूर्ण हुने प्रतिबद्धता जनाए। त्यसपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौँले तीनकुने क्षेत्रको खाली स्थान उपलब्ध गरायो। तर, राजावादी प्रदर्शन शान्तिपूर्ण भएन।

शुक्रबार १५ गते बिहानैदेखि राजावादी प्रदर्शनकारी उग्र बन्दै गए। तीनकुने क्षेत्रका केही सर्वसाधारणको घरमा आगजनी गरे। दर्जन बढी घर तोडफोड गरे। कोटेश्वरको भाटभटेनी सुपरमार्केटमा लुटपाट मच्चाए। जडिबुटीको सन्चो बनाउने कारखानाका ४ वटा गाडी जलाए।

यस्तै, कोटेश्वरमा प्रहरीको गाडी जलाए। राजावादी प्रदर्शनकारीले राजनीतिक दलका कार्यालयसमेत तोडफोड गरेका छन्।

नेकपा एकीकृत समाजवादी पार्टीको आलोकनगरमा रहेको कार्यालयका कागजपत्र नियन्त्रणमा लिएर आगो लगाउनुका साथै घरको सिसा फुटाइएको छ।

प्रदर्शन हिंसात्मक बन्न थालेपछि परिस्थितिलाई बिग्रिन नदिन प्रशासनले तीनकुने क्षेत्रमा कर्फ्यु लगाएको छ। सेना पनि खटाइएको छ।

आफ्नो कार्यालय तोडफोड भएपछि एकीकृत समाजवादीका नेता(कार्यकर्ता विरोधमा उत्रिने तयारीमा छन्।

यस्तै नेकपा एमालेनिकट युवा संघले प्रतिकारको तयारी गरिरहेको छ। यसले अझै बढी मुठभेड र दंगाको जोखिम बढाएको छ।

कम्तीमा एकजनाको ज्यान गएको गृहले पुष्टि गरेको छ। अस्पताल, दमकल, प्रहरी बिट र सवारी साधन तोडफोड गरिएका छन्। यसले सुरक्षा व्यवस्थामाथि पनि प्रश्न उठाएको छ।

यो विषय शुक्रबार साँझ गृह मन्त्रालयको पत्रका सम्मेलनमा पनि उठ्यो। गृह कहाँ चुक्यो ?

पत्रकारको यस प्रश्नमा सुरक्षा प्रमुखहरूको बैठकपछि गरिएको पत्रकार सम्मेलनमा गृह मन्त्रालयका सहसचिव छवि रिजालले भने, ‘२० वर्षपछि उस्तै घटना भएको थियो। आज निश्चित मिसन भएकाले त्यो लेभलको घटना होला भन्ने अनुमान नभएकै हो। दमकलमाथि आगजनी भएको छ। आगलागी नियन्त्रण गर्न गएको सशस्त्रको गाडी जलाइयो। त्यसैले त्यहाँ समयमै आगलागी नियन्त्रणमा लिन सकिएन। अनुमान गरिएको भन्दा फरक र अराजक भएको हो, भिडचाहिँ।’

अब के गर्छ त सरकाररु सुरक्षा व्यवस्था कसरी मिलाउँछ?

रिजालले भने, ‘सूचनालाई अध्ययन गरेर पूर्वराजाबारे निर्णय लिइन्छ। आजको घटनामा दुर्गा प्रसाईं नै जिम्मेवार हुनुहुन्छ। आजको क्षतिको जिम्मा पनि लिनुपर्छ।’

अहिलेको दंगामा संलग्न व्यक्ति जहिले पनि पक्राउ परी कारबाही हुन सक्ने उनले बताए।

‘अहिले मानिसहरू छुटिहाले केही हुँदैन भन्नेचाहिँ हुदैन,’ उनले भने, ‘१५ जना सुरक्षाकर्मी र १५ जना प्रदर्शनकारी घाइते हुनुभएको छ। कीर्तिपुर(४ का सविन महर्जनको त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको छ। सरकारले दोषीमाथि कानुनी कारबाही गरेरै छाड्छ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

४ अर्ब २० करोड बढेर आयो सुदूरपश्चिमको बजेट, कृषि र पूर्वाधार प्राथमिकतामा

तीन मौसमी वायुको प्रभाव :आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

सम्बन्धित

४ अर्ब २० करोड बढेर आयो सुदूरपश्चिमको बजेट, कृषि र पूर्वाधार प्राथमिकतामा

तीन मौसमी वायुको प्रभाव :आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

विश्वकप २०२६ : अन्डरडगको उदय, दाबेदारहरूको संघर्ष र समूह चरणमा बढ्दो रोमाञ्च

विश्वकप २०२६ : उरुग्वेले अन्तिम समयमा हार टार्‍यो, साउदी अरेबियासँग १–१ को रोमाञ्चक बराबरी

अमेरिकाको एडवार्ड्स एयर फोर्स बेसमा बी-५२ बमवर्षक विमान दुर्घटना: ८ जनाको मृत्यु

विश्वकप २०२६ : लुकाकुको प्रभावशाली प्रवेशले बेल्जियमलाई हारबाट जोगायो, इजिप्टसँग १–१ को बराबरी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group