ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्व अर्वपति इलन मस्कको स्टारलिंक भारतमा भित्रियो


ABC News

काठमाडौं २७ फागुन । भारतीय टेलिकम्युनिकेसन कम्पनी एयरटेलले भारतमा स्टारलिंक इन्टरनेटका लागि स्पेसएक्ससँग साझेदारीको घोषणा गरेको छ।

स्थानीय मिडियाहरुका अनुसार योसँगै अब उच्चगतिको अर्बपति इलोन मस्कको स्याटेलाइट इन्टरनेट भारतमा चल्नेछ। स्पेसएक्सले भारतमा स्टारलिंक बिक्रीका लागि हुनलागेको यो पहिलो सम्झौता भएको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ।

यो सम्झौताले एयरटेल र स्पेसएक्सलाई स्टारलिंक विस्तारको बाटो खुल्ला हुनेछ।

एयरटेलको प्रेस विज्ञप्तिअनुसार दुवै कम्पनीले एयरटेलका स्टोरहरुमा स्टारलिंकका उपकरण उपलब्ध गराउनेछन्। त्यसपछि व्यावसायिक ग्राहकसम्म एयरटेलका माध्यमबाट स्टारलिंकको सेवा सुरु हुनेछ।

यसले समुदाय, विद्यालय, स्वास्थ्यकेन्द्रहरुलाई जोड्ने एयरटेलले जनाएको छ। स्टारलिंकको उपस्थितिपछि भारतका दुर्गम ग्रामीण क्षेत्रमा समेत इन्टरनेटको पहुँच विस्तार हुनेछ।

दुई कम्पनीले अब एयरटेलको नेटवर्क विस्तार र अभिवृद्धि तथा एयरटेलको भूमिस्थ सञ्जाल पूर्वाधार र अन्य क्षमताबाट स्पेस एक्सले लिनसक्ने फाइदाको खोजी गर्नेछन्।

यसलाई कम्पनीले कोशेढुंगा भनेको छ। यसले विश्वस्तरीय उच्चगतिको ब्रोडब्यान्ड सुविधा गाउँ गाउँसम्म पुग्ने भारती एयरटेल लिमिटेडका प्रबन्धनिर्देशक गोपाल वित्तलले बताए।

स्पेसएक्सजस्तो प्रविधिमा विश्वकै नेतृत्व गरिरहेको कम्पनीसँग सहकार्य गर्न पाउँदा एयरटेलले खुसी व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com