काठमाडौं १६फागुन । टाटा मोटर्सको अन्तर्राष्ट्रिय व्यवसाय नेटवर्कलाई जोड्ने टाटा मोटर्स वन वर्ल्ड २०२४ कार्यक्रममा सिप्रदी ट्रेडिङ्ग प्रालिले ७ वटा अवार्ड जितेको छ।
कम्पनीले यसबाहेक ईभी विस्तारका लागि विशेष कदर पत्र समेत प्राप्त गरेको छ।
यसले नेपालले शून्य(उत्सर्जन सवारीसाधनको विस्तारमा अघि बढ्ने प्रतिबद्धतालाई पुनः स्थापित गरेको सिप्रदीले जनाएको छ।
सिप्रदी ट्रेडिङका अनुसार कम्पनीले नेपाललाई सबै प्रमुख सेग्मेन्टहरूमा सबैभन्दा उच्च बजार हिस्सा दिलाउँदै निरन्तर उत्कृष्ट प्रदर्शन गरिरहेको छ। यसले नेपाललाई कमर्सियल सवारीसाधन क्षेत्रमा अग्रणी स्थानमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ।
सिप्रदी ट्रेडिङ्गको यो उपलब्धि ग्राहकहरूको विश्वास, टिमको निरन्तर मेहनत, र टाटा मोटर्सका विश्वसनीय उत्पादनहरूको प्रतिफल भएको कम्पनीको भनाइ छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले ग्राहकहरूलाई उच्च गुणस्तरीय सेवा र सुलभ सवारीसाधन प्रदान गर्न सधैं प्रतिबद्ध रहेको प्रतिक्रिया दिए।
उनले भने, ‘यी पुरस्कारहरूले हाम्रो टीमको मिहिनेतलाई सम्मान गर्दै, ग्राहकहरूलाई अझ उत्कृष्ट अनुभव प्रदान गर्ने प्रेरणा दिएको छ।’







प्रतिक्रिया दिनुहोस्