ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुरक्षालाई प्रविधिमा जोड्दै प्रहरी : टोलटोल सीसी क्यामेराको निगरानीमा


admin

झापा, ५ चैत । प्रहरीले प्रमाणसहितको अनुसन्धानका लागि सहजता होस् भन्दै झापाको मुख्य बजार बिर्तामोडका प्रत्येक टोलटोलमा सिसी क्यामेरा जडान गरेको छ । 


दिन प्रतिदिन बिर्तामोडमा क्षेत्रमा आपराधिक क्रियाकलाप बढ्दै गएपछि स्थानीय निकाय, उद्योगी व्यवसायी र विभिन्न संघ संस्थाको सहयोगमा प्रहरीले पूर्व–पश्चिम राजमार्गसहित बिर्तामोडका प्रत्येक टोल–टोलमा सिसी क्यामेरा जडान गरेको हो ।
झण्डै रु ३० लाखको लागतमा यहाँका ५० बढी ठाउँमा सिसी क्यामेरा जडान गरिएको छ । जडित सिसी क्यामेराको अनुगमन जिल्ला ट्राफिक प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय र सिसी क्यामेरा जडित टोल समितिबाटै गर्न सकिने व्यवस्था मिलाइएको छ ।

सिसी क्यामेरा जडान गर्दा प्रहरीलाई आपराधिक गतिविधिमा संलग्नलाई पक्राउ गर्न सहजता हुने र प्रमाणसहितको अनुसन्धानमा सहयोग पुग्ने अपेक्षा गरेपनि आपराधिक क्रियाकलापमा संलग्नले नयाँनयाँ तरिका अपनाउँदै अपराधका घटना दिनहुँजसो घटाउन थालेपछि प्रहरीलाई थपिएको सुरक्षा चुनौतीमा भने अझै कमी आउन सकेको छैन ।

एक साताअघि आँगन एफएमका समाचार वाचक मदन संग्रौलाले बिर्तामोडको भद्रपुररोडस्थित अन्नपूर्ण चोक नजिक रहेको अफिसको प्यासेजमा मोटरसाइकल राखेर समाचार भन्न रेडियो स्टेसन छिर्नुभयो । समाचार वाचन गरिसकेलगत्तै उहाँ घर फर्कन अफिसबाट ओर्लनु त भयो तर उहाँको मोटरसाइकल राखेको ठाउँमा थिएन् । लगत्तै उहाँले प्रहरीमा उजुरी दिनुभएको छ तर उहाँको मोटरसाइकल अझै भेटिएको छैन ।

त्यस्तै चन्द्रगढी निवासी अधिवक्ता दीपेन्द्र भट्टराईको पनि यसै साता बिर्तामोडबाटै मोटरसाइकल चोरी भयो । उहाँको मोटरसाइकल संवाद समूहको सचिवालयबाटै चोरी भएपछि इलाका प्रहरी कार्यालय बिर्तामोडमा निवेदन दर्ता गराउनु भएको छ । तर उहाँको पनि मोटरसाइकल भेटिएको छैन ।

चालू आवको यो अवधिमा संग्रौला र भट्टराईसहित ५४ जनाको मोटरसाइकल चोरी भएको इलाका प्रहरी कार्यालय बिर्तामोडमा निवेदन दर्ता भएको प्रहरी निरीक्षक ज्ञानबहादुर विष्टले बताउनुभयो ।

विशेष गरी पार्किङ गरेर राखेको ठाउँबाट मोटरसाइकल हराउने गरेका छन् प्रहरी निरीक्षक विष्टले भन्नुभयो–‘‘उजुरीका आधारमा खोजतलास गर्दा केही मोटरसाइकल फेला परे पनि सबै मोटरसाइकल फेला पार्न सकिएको छैन ।’’ १२ वटा बेवारिसे अवस्थामा भेटिएका मोटरसाइकल सवारी धनीलाई बुझाइएको छ भने छ वटा भन्सार पठाइएको प्रहरी निरीक्षक विष्टले बताउनुभयो । प्रहरीले फेला पारेका मोटरसाइकल कोशीपारि, कोशीपारिबाट चोरिएका मोटरसाइकल पूर्वमा फेला पर्ने गरेको प्रहरीले जनाएको छ ।

मोटरसाइकल मात्रै नभई बिर्तामोडमा नगद तथा गरगहना चोरीका घटनामा पनि कमी आउन सकेको छैन । इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार साउनदेखि माघसम्म गरगहना र सामान चोरीका दर्जन बढी उजुरी परेका छन् ।

भारतसँगको खुल्ला सिमानाका कारण चोरीका घटना नियन्त्रणमा हामीलाई चुनौती छ– प्रहरी नायब उपरीक्षक कोइरालाले भन्नुभयो– बिर्तामोड क्षेत्रमा आपराधिक गतिविधि हुन नदिन नयाँनयाँ सुरक्षा रणनीति अपनाए पनि आपराधिक गतिविधिमा उल्लेख्य कमी भने आउन सकेको छैन ।

बिर्तामोड पूर्वको व्यापारिक केन्द्र भएको र धेरै जिल्लाबाट व्यवसायका लागि मानिस यहाँ आउने गरेको कारण नगरमा कस्ता मानिसको बाहुल्यता छ तथ्यांक राखिनु पर्ने बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले बताउनुभयो । खुल्ला सिमाना, विलाशी जीवनशैलीलगायतका कारणले पनि आपराधिक घटना बढेका हुन् । यसको नियन्त्रण गर्न कस्तो रणनीति अपनाउनु पर्छ भन्ने विषय सम्बन्धित निकायको ध्यान केन्द्रित हुन आवश्यक छ ।

बिर्तामोड नगर क्षेत्रबाटै व्यवसायी अपहरण र हत्याजस्ता जघन्य अपराधका घटना घट्न थालेपछि व्यवसायीसहित बिर्तामोडका बासिन्दा भयरहित वातावरणमा बस्न नसक्ने अवस्था सिर्जना भएको नेपाल सुनचाँदी व्यवसायी संघ झापाका अध्यक्ष राजु धमलाले बताउनुभयो । उहाँले भन्नुभयो– ‘‘यहाँका सम्पूर्ण नागरिकको जनधनको सुरक्षाका लागि नगरपालिकाले पनि नगर प्रहरीको व्यवस्थापन गर्न जरुरी छ ।’’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com