ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेस र एमालेले मात्रै संविधान संशोधन गर्दैनन् – गृहमन्त्री लेखक


एबीसी न्यूज

काठमाडौं ८ फागुन । गृहमन्त्री एवं नेपाली कांग्रेस सांसद रमेश लेखकले मुलकमा व्यवसायिक वातावरण निर्माण गर्दै सुशासन कायम गर्नको लागि सरकारले अध्यादेश ल्याएको दाबी गरेका छन्।
बिहीबार पार्टीनिकट नेपाल वित्तीय संस्थाको आठौं राष्ट्रिय परिषद्लाई भक्तपुरमा सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्।

अध्यादेशले सेवा प्रवाहलाई दुरुस्त बनाउन अध्यादेशले महत्वपूर्ण भुमिका खेल्ने उनको भनाइ छ। उनले अध्यादेशको कन्टेन्टमा कसैले पनि फरक मत राखेको नभएता पनि प्रक्रियाकै कारण अहिलेसम्म संसद्‌बाट स्वीकृत गर्न नसकिएको बताए। उनले अध्यादेश मुलुकको आर्थिक सुधारका लागि जरुरी भएको कारण सरकार चाँडै नै संसदबाट स्वीकृत हुने दाबी गरे।

‘आइटी क्षेत्रले अहिलेको नयाँ जेनरेसनलाई आकर्षित गरिरहेको छ। नयाँ पुस्तालाई यहाँ नै सम्भावना देखाइरहेको छ। त्यो सम्भावनालाई झन ज्यादा बढाउनका लागि हामीले भर्खरै अध्यादेश ल्याएका छौं, उनले भनिन्, व्यवसायिक वातावरणलाई अनुकुल बनाउनका लागि र सुशासन कायम गर्न तथा सेवा प्रवाहलाई दुरुस्त बनाउनका लागि हामीले अध्यादेश ल्याएका छौं। अध्यादेशको कन्टेन्टमा कसैले पनि फरक मत राखेको जस्तो मैले देख्दिन। तर प्रक्रियाकै कुरा गरेर हामीले त्यसलाई अहिलेसम्म स्वीकृत गर्न सकेका छैनौं। तर हामी त्यसलाई स्विकृत गराउँछौं चाँडै। किनभने त्यो गर्नैपर्ने काम छ।’

उनले संविधान संशोधन नेपाली कांग्रेस र नेकपा एमालेले मात्र गर्ने नभई सबै राजनीतिक दलहरूबीच सहमति खोजिने बताए। संविधानको १० वर्षे अभ्यासका क्रममा देखिएका सवल र दुर्लभ पक्षका आधारमा संविधान परिमार्जन गरिने उनको भनाइ छ।

‘संविधान लागू भएको १० वर्ष भएको छ। यस १० वर्षको संविधानको अभ्यासमा यसका सबल पक्ष र दुर्लभ पक्षहरू के के रहेरु त्यसको परिहचान गर्ने र संविधान परिमार्नन गर्ने र त्यसका लागि सबै राजनीतिक दलहरूबीच सहमति गरेर संविधान संशोधन गर्ने हाम्रो लक्ष्य छ, उनले भने, त्यसका लागि नेपाली कांग्रेस र एमालेले कार्यदल बनाउने कुरामा सहमति भएको छ। केही दिनमा कार्यदल बनेर कार्य प्रारम्भ हुन्छ। नेपाली कांग्रेस र एमालेलेमात्र संविधान संशोधन गर्ने होइन। हामी प्रारम्भ गर्छौं र सअन्य सबै राजनीतिक दलहरूलाई समेत यसमा संवादकोमार्फत सहमतिमा ल्याउँछौं। र सहकार्य गरेर संविधान संशोधनको प्रक्रियालाई अगाडि बढाउँछौं।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने राष्ट्रपतिको विश्वास

नेपाली कांग्रेसमा गगन सभापति, विश्व र पुष्पा भुसाल उपसभापति(पूर्ण सूची)

सम्बन्धित

हाम्रा चाडपर्वले सामाजिक सद्भाव सुदृढ बनाउँछन्ः सभामुख

काठमाडौंको तापक्रम केही बढ्यो, तराईमा हुस्सु र कुहिरोको प्रभाव विस्तारै कम हुँदै

नेपाली कांग्रेसमा गगन सभापति, विश्व र पुष्पा भुसाल उपसभापति(पूर्ण सूची)

शासन परिवर्तनको समस्या

चुनावको टाइमलाइनमै कांग्रेसी ट्विस्ट :सबथोक उल्टियो

कांग्रेसमा तेस्रोपटक विभाजनः इतिहास, नेतृत्व र सुधारको द्वन्द्व

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com