ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नियन्त्रणविहीन ट्रम्पले अमेरिकी सरकार र विदेश नीतिलाई कसरी पुनःनिर्माण गर्दैछन् ? : न्यूयोर्क टाइम्स


ABC News

राष्ट्रपतिका कदमहरूले उनको प्रशासन पहिलेभन्दा अझ बलियो रूपमा सरकारको नियन्त्रणमा रहेको संकेत गर्छ।उनको दोस्रो कार्यकालको प्रत्येक चरणमा, उनी अघिल्लो सीमाबाट पूर्णतः मुक्त छन्। उनले घरेलु तथा विदेश नीतिलाई व्यापक रूपमा पुनःसंरचना गरिरहेको देखाइरहेका छन् ।

Deeply honored to support President ⁦@realDonaldTrump⁩ in this revolutionary administration.

Interview with @SeanHannity⁩ airs on Tuesday. pic.twitter.com/qC0QeWtrP8

— Elon Musk (@elonmusk) February 15, 2025

राष्ट्रपति ट्रम्प अघिल्लो पटक सत्तामा हुँदा विदेशी सहायता बजेटमा ठूलो कटौती गर्ने प्रयास गरेका थिए, तर कांग्रेसले रोक्यो। तर, यस पटक उनले विदेशी सहायता रोक्ने कदममा आफ्नै रिपब्लिकनहरूको विरोध झेल्नुपरेको छैन।

पहिलो कार्यकालमा, एक सहन्यायधिवक्ताको छानबिनका क्रममा ट्रम्पले अनुसन्धानकर्तालाई बर्खास्त गर्ने इच्छा व्यक्त गरेका थिए, तर ह्वाइट हाउसका कानूनी सल्लाहकारहरूले उनलाई रोकिदिए। अहिले, ट्रम्पले आफ्नै प्रशासनको निरीक्षण गर्ने धेरै संघीय अधिकारीहरूलाई तुरुन्तै हटाएका छन्।

उनको पहिलो कार्यकालको अन्त्यतिर ट्रम्पले एफबीआई चलाउन आफ्नो विश्वासपात्रलाई नियुक्त गर्ने प्रयास गरेका थिए, तर त्यतिबेला महान्यायाधिवक्ता बिल बारले आपत्ति जनाएका थिउ । अहिले, सोही ठाउँमा विश्वासपात्र काश पटेल एफबीआई प्रमुख बन्ने तयारीमा छन्।

WELCOME HOME, MARC!🇺🇸 pic.twitter.com/0b2Igcqudp

— Donald J. Trump (@realDonaldTrump) February 12, 2025

उनको दोस्रो कार्यकालको प्रत्येक चरणमा, ट्रम्पले उनी अघिल्लो कुनै पनि सीमाबाट बन्धित छैनन् भन्ने देखाइरहेक छन् । उनले द्रुत रूपमा घरेलु र विदेश नीतिलाई पुनःनिर्माण गरिरहेका छन्, यस्तो तीव्रतामा नीतिगत परिवर्तन भएको ऐतिहासिक रूपमा खासै उदाहरण पाइँदैन। सत्तामा फर्किएपछि पहिलो महिनामै उनले गरेका तीव्र कदमहरूले देखाए अनुसार उनको प्रशासन यसपटक सरकारको नियन्त्रणलाई धेरै दृढ रूपमा कसेको छ ।

Because the Dems are trying to hide massive entitlements fraud https://t.co/Ochjt7u7t9

— Elon Musk (@elonmusk) February 15, 2025

नयाँ प्रशासनको नयाँ दिशा

अहिले बुश र रेगन प्रशासनका अनुभवी व्यक्ति, जसले उनलाई परम्परागत दक्षिणपन्थी नीतिमा राख्न खोज्थे, उनीहरु ट्रम्पको वरिपरि छैनन्। उनीहरूको ठाउँ ‘अमेरिका फस्ट’ नीति अँगाल्ने रिपब्लिकनहरूले लिएका छन्, जसले ट्रम्पलाई देशको नीति पुनःनिर्माण गर्न सहयोग गरिरहेका छन्। साथै, अर्बपति इलन मस्कलाई ट्रम्पले प्रशासनको संरचना तोड्न खुला रूपमा सहयोग गर्न दिएका छन्।

“डोनाल्ड ट्रम्पको नयाँ प्रशासनले गरिरहेको परिवर्तनको स्तर यसअघि कहिल्यै देखिएको थिएन,” दक्षिणी मेथोडिस्ट युनिभर्सिटीका राष्ट्रपति इतिहास केन्द्रका प्रमुख जेफ्री ए. एङ्गलले बताए “यो केवल अघिल्लो प्रशासनका नीतिहरू उल्ट्याउने कुरा होइन—यो त सन् १९४५ यताका अमेरिकी विदेश नीतिको आधार नै उल्ट्याउने प्रयास हो।”

pic.twitter.com/M1HzBZKrnA

— Donald J. Trump (@realDonaldTrump) February 9, 2025

ट्रम्पको पछिल्लो साताका प्रमुख कदमहरू

– उनले युक्रेनमा रूसको आक्रमणपछि टाँसिएको कूटनीतिक अलगाव अन्त्य गरेका छन्। उनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग लामो समय फोनमा कुरा गरेका छन्, तर युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई कुनै भूमिका दिएका छैनन्।
– उनले सरकारी निकायहरूमा व्यापक रूपमा कर्मचारी कटौती गरेका छन्, कटौती अन्तर्गत परीक्षात्मक अवधिमा रहेका झण्डै २,००,००० संघीय कर्मचारीहरू हटाइएका छन्।
– न्युयोर्कका मेयर एरिक एडम्सविरुद्धको भ्रष्टाचार मुद्दा खारेज गर्ने निर्णयपछि न्याय मन्त्रालय थप संकटमा फसेको छ, जसले कयौं सरकारी वकिलहरूको राजीनामा निम्त्याएको छ।
– उनले ‘पारस्परिक शुल्क’ (reciprocal traifs ) नामक नीति प्रस्ताव गरेका छन्, जसले विश्व व्यापार संगठन मार्फत अमेरिका जोडिएका व्यापार सम्झौताहरू भत्काउन सक्छ र नयाँ व्यापार युद्ध निम्त्याउन सक्छ।
– उनले कार्यकारी आदेशहरू तीव्र गतिमा जारी गरिरहेका छन्, जसले कूटनीतिक सेवाका कर्मचारीहरूको जागिरको सुरक्षा कमजोर पार्ने र इलन मस्कलाई संघीय प्रशासनमा थप शक्ति दिनेछ।

Hundreds of Afrikaners are gathering in-front of the US Embassy in South Africa in protest of the 140+ race based laws imposed by their government.

People of all over South Africa has travelled to attend a picket in-front of the US Embassy to support a memorandum being handed… pic.twitter.com/5ApJ2GkiAd

— Visegrád 24 (@visegrad24) February 15, 2025

रिपब्लिकनहरूको समर्थन

ट्रम्पका सहयोगीहरूका अनुसार यी सबै कदमहरूले उनले जनतालाई दिएका वाचा पूरा गर्दै गरेको देखाउँछ।

“गति तीव्र छ,” हाउसका दोस्रो वरियताका रिपब्लिकन, लुइसियानाका प्रतिनिधि स्टिभ स्कालिसले भने। “यदि तपाईं २०१७ मा ट्रम्पको पहिलो कार्यकालको पहिलो महिना र अहिलेको अवस्था तुलना गर्नुहुन्छ भने, अहिले तपाईं धेरै केन्द्रित र आक्रामक राष्ट्रपतिलाई देख्दै हुनुहुन्छ।”
उनले थपे, “उहाँले आफ्नो पहिलो कार्यकालबाट सिकेका पाठहरू लिएर ठूलो र छिटो परिणाम दिइरहनु भएको छ।”

The legacy media were all being paid off by USAID https://t.co/4DsyzPrqH6

— Elon Musk (@elonmusk) February 15, 2025

हालसम्म, ट्रम्पका यी प्रारम्भिक कदमहरूले जनमतमा ठूलो परिवर्तन ल्याएको देखिएको छैन। तर सरकारी खर्च कटौती र संघीय कर्मचारी कटौतीको प्रभावले उनको समर्थक मतदाता समूहमा के असर पार्छ, त्यो हेर्न बाँकी छ।

“उहाँलाई भोट हाल्ने अधिकांश मानिस परिवर्तन चाहन्थे,” एङ्गलले भने। “उनीहरू संघीय कानूनको पृष्ठ ६३२ को प्रविधिगत पक्षमा रुचि राख्दैनन्। उनीहरूका लागि मुख्य कुरा ‘ट्रम्पले केही गरे’ भन्ने हेडलाइन मात्र हो।”

इतिहासमा दुर्लभ परिवर्तन

इतिहासकारहरूका अनुसार ट्रम्पले आफ्नो दोस्रो कार्यकालको पहिलो महिनामा ल्याएका नीति परिवर्तनहरूलाई कुनै स्पष्ट दृष्टान्त भेट्न कठिन छ।
राष्ट्रपति फ्रान्कलिन डी. रुजभेल्टले आफ्नो पहिलो १०० दिनमा यस्तै द्रुत गति अपनाएका थिए, तर ती सबै कदम अमेरिकी संस्थाहरूलाई निर्माण गर्ने दिशामा केन्द्रित थिए।
“रुजभेल्टले संस्थाहरू बनाउने क्रान्ति गरेका थिए,” एङ्गलले भने। “तर यो निर्माण साइट होइन, यो डोजर (र
रेकिङ बल) हो।”
कांग्रेसको समर्थन, सीमित जाँचबुझ

ट्रम्पमाथि अन्य राष्ट्रपतिहरूभन्दा निकै कम नियन्त्रणहरू छन्।
कांग्रेस रिपब्लिकनहरूको हातमा भएकाले यसले आफ्नो परम्परागत अनुगमन तथा बजेट नियन्त्रणको भूमिकालाई त्यागेर ट्रम्पको कार्यसूचीलाई प्राथमिकता दिएको छ।
हाउस स्पीकर माइक जोनसनले मंगलबार भने, “मलाई बारम्बार सोधिएको छ—‘तपाईंलाई यसमा असहज महशुस भइरहेको छैन?’ मेरो जवाफ छ—‘छैन, मलाई कुनै समस्या छैन।’”
उनी थप्छन्, “हामी जनता नयाँ प्रशासनको कदमहरूलाई समर्थन गर्दैछौं।”
प्रशासनिक परिवर्तनमा अदालतको अवरोध

कांग्रेसमा ट्रम्पको हरेक कदमलाई समर्थन नगर्ने कमै रिपब्लिकनमध्ये एक सिनेटर मिच मक्कोनेल रहेका छन्। केन्टकीका रिपब्लिकन सिनेटर मक्कोनेलले राष्ट्रपतिको विवादास्पद क्याबिनेट नियुक्तिहरूको पक्षमा मत दिन अस्वीकार गरेका छन्। तर, पूर्व रिपब्लिकन नेता मक्कोनेलका “नो“भन्ने मतहरूले तुलसी ग्याबार्ड (राष्ट्रिय गुप्तचर निर्देशक) वा रोबर्ट एफ. केनेडी जुनियर (स्वास्थ्य सचिव) जस्ता व्यक्तिहरूको नियुक्तिलाई रोक्न सकेन।
ट्रम्पले सबैभन्दा ठूलो अवरोध अदालतहरूबाट भोगेका छन्। केही संघीय न्यायाधीशहरूले उनका केही कार्यहरूलाई अस्थायी रूपमा रोकिदिएका छन्—जसमध्ये जन्मसिद्ध नागरिकताको खारेजी, विदेशी सहायता रोक्का गर्ने प्रयास, र इलन मस्कको संघीय प्रशासनमा हस्तक्षेप समावेश छन्। यसले ट्रम्पलाई क्रोधित बनाएको छ।

“हाम्रो अयोग्य रूपमा सञ्चालित सरकारको छानबिनमा अर्बौं डलरको ठगी, बेकार खर्च, र दुरुपयोग फेला परेको छ,” ट्रम्पले कुनै ठोस प्रमाणबिना ट्रुथ सोसलमा पोष्ट गरे। “तर, केही कार्यकर्ता र अति राजनीतिक न्यायाधीशहरू चाहन्छन् कि हामी ढिलो चलौं वा रोकिउँ। यो गति गुमाउनु भनेको सत्य बाहिर ल्याउने प्रक्रियामा बाधा पु¥याउनु हो। अझ धेरै पत्ता लगाउन बाँकी छ। कुनै बहाना छैन!!!”
केही हिसाबले, ट्रम्पले सिलिकन भ्यालीको दर्शनलाई आत्मसात गरेका छन् —जुन इलन मस्क जस्ता व्यवसायीहरूले अँगाल्दै आएका छन्ः “तीव्र गतिमा अघि बढ, जे टुट्छ, टुट्न देऊ।“

संघीय अधिकारीहरू, जो ट्रम्पको तीव्र शुद्धीकरण अभियानमा हटाइएका छन्, उनीहरु भन्छन्ः ट्रम्पले नियन्त्रक निकायहरूलाई योजनाबद्ध रूपमा कमजोर बनाइरहेका छन्।

उनले १९ जना निरीक्षण महान्यायधिवक्ता, संघीय निर्वाचन आयोगकी अध्यक्ष, सरकार निगरानी गर्ने विशेष वकिल कार्यालयका प्रमुख, र मेरिट सिस्टम्स प्रोटेक्सन बोर्ड (न्यायसंगत कारणबिना सरकारी कर्मचारीहरूलाई कारबाहीबाट जोगाउने निकाय) की अध्यक्षलाई बर्खास्त गरेका छन्। यीमध्ये धेरै हटाइएका अधिकारीहरूले अहिले अदालतमा मुद्दा दायर गरेका छन्।
मेरिट बोर्डकी अध्यक्ष क्याथी ह्यारिसले आफ्नो जागिर फिर्ता पाउनका लागि मुद्दा हालेकी छन् ।

“उनी व्यापक रूपमा प्रशासनिक सेवा कमजोर बनाउने कार्य गर्दैछन्,“ ह्यारिसले भनिन्। “एम.एस.पी.बी. जस्ता संस्थाहरूले सरकारी कर्मचारीहरूलाई राजनीतिक पूर्वाग्रह वा अन्य अनुचित कारणले कारबाही हुनबाट जोगाउँछन्। अहिले बोर्डको द्विदलीय संरचनालाई कमजोर बनाउँदै, म नागरिक सेवामा परिरहेको खतराबाट चिन्तित छु।“
इलन मस्कले बिहीबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेपछि, ट्रम्पले मस्क अमेरिकी सरकारको प्रतिनिधिको रूपमा गएका थिए वा अमेरिकी सी.ई.ओ. को रूपमा गएका थिए भन्नेमा अनिश्चित रहेको स्वीकार गरे। उनले भने, “मलाई थाहा छैन। उनीहरू भेटे, र मलाई लाग्छ उनले भारतमा व्यापार गर्न चाहन्छन्।“

It was an honor to meet https://t.co/WqELdGiurP

— Elon Musk (@elonmusk) February 14, 2025

अमेरिकी सञ्चार माध्यमका अधिकांश टिप्पीकारहरुले ट्रम्प र मस्कको जुगलवन्दीमा चिन्ता गरिरहेका छन् ।
ट्रम्प र मस्क दुवैले सरकारी कर्मचारीहरूलाई सार्वजनिक सेवामा समर्पित हुनुको सट्टा धन कमाउन नलाग्ने व्यक्तिहरू भनेर हेर्ने गर्छन्। दुबैले कार्यक्रमहरू स्थगित गर्दै, ठूलो संख्यामा संघीय कर्मचारीहरूलाई हटाउँदै, सरकारलाई टुक्राटुक्रा पार्दै, र एजेन्सीहरूलाई बिना कुनै स्पष्टता, पारदर्शिता वा मर्यादा ध्वस्त गर्दैछन्।
रिपब्लिकनहरू डराएका छन्, जबकि डेमोक्र्याटहरू वेस्टर्न फिल्मका सहरबासीहरूझैँ अकमक्क परेका छन्, जब खराब मानिसहरूले सहर नियन्त्रण लिन्छन्।

🇺🇸TRUMP: THE MEDIA IS TRYING TO BREAK ELON AND ME APART; THEY’RE BAD AT IT

“ Elon called me, he said, you know, they're trying to drive us apart.

I said, absolutely.

No, they said, we have breaking news, Donald Trump has ceded control of the presidency to Elon Musk.

President… pic.twitter.com/o2nwaK8QuI

— Mario Nawfal (@MarioNawfal) February 14, 2025

एकजना न्यूयोर्क टाइम्सकी स्तम्भकारले लेखेकी छन् डट्रम्पको गम्भीर मुडको मगसट ओभल अफिस बाहिर टाँगिएको छ, मानौँ यो पुरानो वेस्टर्न फिल्मको “वान्टेडः जिउँदो वा मृत“ पोस्टर हो। अर्कोतर्फ, मस्क आफ्नो छोरा एक्स ”एआइ एस्क आइआई लाई काँधमा बोकेर पत्रकार सम्मेलन गर्दा कालो पोशाकमा मागा टोपीसहित देखिन्छन् । मानौँ ‘ज्याक पालन्स’को छायाँ जस्तै देखिन्छन्।
सबैभन्दा अनौठो त के छ भने, ह्वाइट हाउस नै अब ट्रम्पका कदमहरूलाई असंवैधानिक ठहर गर्दै रोक्ने न्यायाधीशहरूलाई ‘संवैधानिक संकट निम्त्याएको’ आरोप लगाइरहेको छ।
द न्यूर्योक टाइम्सको १४ र १५ फेब्रुवरीको अनलाइन संस्करणवाट सम्पादित ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com