काठमाडौं ३ फागुन । आज बसेको सत्ता पक्षका दलहरूको बैठकमा जनता नेपाल समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव अनुपस्थित भएका छन्।
प्रधानमन्त्री निवासमा बालुवाटारमा जारी सरकारलाई समर्थन गरेका दलसमेतका शीर्ष नेताहरूको बैठकमा यादव अनुपस्थित भएका हुन्।
बैठकमा प्रधानमन्त्री एवं नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत पार्टीका उपाध्यक्ष अब्दुुल खानलगायत सहभागी भएका थिए।
बैठकमा सहभागी एमालेका उपमहासचिव विष्णु रिमालले समसामयिक राजनीति र अध्यादेशका सन्दर्भमा बसेको सत्तापक्षीय दलको बैठक सकारात्मक निष्कर्षसहित केही बेरअघि सम्पन्न भएको बताएका छन्।
यसअघि शुक्रबार एमाले र कांग्रेसका नेताहरू सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले संविधान संशोधनका लागि कार्यदल गठन गर्ने निर्णय गरेको थियो।








प्रतिक्रिया दिनुहोस्