ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजनीतिक शक्तिका आडमा कानुनविपरीत काम गरेको सरकारलाई सैह्य हुँदैन : ओली


admin
चैत्र ३, २०७४ शनिबार  ५ : ०१ बजे

काठमाडौ, ३ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिको लक्ष्य हासिल गर्न पूर्व सांसदहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज पूर्वसांसद मञ्चका पदाधिकारीहरुसँगको भेटघाटमा प्रधानमन्त्री ओलीले ‘सुखी नेपाली, समृद्ध नेपालको चाहना’ पुरा गर्न पूर्वसांसदहरुको अनुभव कामयावी हुने बताउनुभएको छ ।

‘पूर्व सांसद मञ्च भनेको संसद र सरकारको सल्लाहकार नै हो’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘आफू संसद भएका बेला वा आफू सरकारमा भएका बेला गरेका कामहरुको अनुभवले वर्तमान संसद र सरकारलाई महत्वपूर्ण दिशानिर्देश गर्न सक्छ ।’

नेपालको सामाजिक विविधतामा विभिन्न तत्वहरुले खेल्न सक्ने भएकोले राष्टिकय एकताको भावना बलियो बनाउनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । सिरिया र रुवाण्डाको द्वन्द्वको उदाहरण दिँदै प्रधानमन्त्री ओलीले ‘आपसमा भिडाएर द्वन्द्वको खेति गर्नेहरु सबैतिर सक्रिय हुन्छन् । उनीहरु द्वन्द्वका विभिन्न रुप देखाएर त्यसको उद्योग चलाउँछन् ।’

नेपालमा पनि जातीय, धार्मिक, भाषिक द्वन्द्व लगाउन खोजिए पनि नेपालीहरुले त्यसलाई अस्वीकार गरेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

देशमा अनेकखाले संघर्ष गरेर परिवर्तन आए पनि त्यसको अनुभूति जनताले पाउनुपर्ने प्रधानमन्त्री ओलीको तर्क छ । ‘लोकतन्त्र आयो नि भन्ने तर त्यसको अनुभूति तल्लो स्तरको जनताले महशुस नगर्ने’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘जनताले महशुस गर्ने गरी लोकतन्त्रको अनुभूति गराउनु यो सरकारको दायित्व हो ।’

प्रधानमन्त्री ओलीले अर्को एक प्रसंगमा ठेक्कापट्टा कमिशनका भरमा नभइ न्यायोचित ढंगले हुनुपर्ने बताउनुभएको छ । ‘सरकारको भ्रष्टाचार न्यूनिकरण गर्ने निर्मूल गर्ने नीति छ’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘राजनीतिक आडमा, शक्तिका आडमा कसैले पनि कानुनविपरीत काम गरेको सरकारलाई सैह्य हुँदैन ।’

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावको मुखमा अशान्त रौतहट: रौतहटमा सम्प्रदायिक हिंसाको इतिहास यस्तो छ

इतिहासले पन्छाएकाहरू चुनावबारे भ्रम फैलाइरहेका छन् : प्रचण्ड

सम्बन्धित

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

रुस–युक्रेन वार्तालाई लिएर ट्रम्प उत्साहित, भने– ‘केही हुनसक्छ’

विश्रान्तिकालमा पनि पदीय मोह राखेर ७० वर्ष नाघिसकेका वृद्धवृद्धा चुनावी मैदानमा

महिला विश्वकप ग्लोबल छनोटमा नेपाल फेरि पराजित, सुपर सिक्स सम्भावना न्यून

रुसी सुरक्षा निकायद्वारा उफामा आतंकवादी हमलाको प्रयास विफल

काठमान्डौ ५ बाट कल्पना शर्माको उम्मेदवारी दर्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com