ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समृद्धिको मुद्दामा सार्क सदस्य मुलुकको एकीकृत सहकार्य हुनुपर्छ– प्रधानमन्त्री


admin
चैत्र ३, २०७४ शनिबार  ८ : ५२ बजे

काठमाडौँ, ३ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियामा उपलब्ध अपार साधन र स्रोतको परिचालन गरी समृद्धिको बाटोमा अगाडि बढ्न एकीकृत सहकार्य आवश्यक भएको बताउनुभएको छ । 


दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क) चेम्बर्स अफ कमर्स एण्ड इन्डिस्ट्रज र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको आयोजनामा शुरु भएको ‘सार्क विजनेस लिडर्स कनक्लेभ’ उद्घाटन समारोहलाई सम्बोधन गर्ने उहाँले समृद्धि मुख्य मुद्दा बनाएर अगाडि बढ्नुपर्ने बताउनुभएको हो ।

तीन दिनसम्म चल्ने सम्मेलन (कनक्लेभ)मा सहभागी आठवटै मुलुकका सहभागीले विचार विमर्श गरी विकास र सहकार्यमा सहयोग पुग्ने सुझाव दिने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री ओलीले निजी क्षेत्रलाई सुहाउँदो नीति ल्याएर समृद्धिको बाटोमा लाग्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामी निजी क्षेत्रलाई उत्प्रेरित गरेर अगाडि बढ्नेछौँ, अब सरकारी र निजी क्षेत्र सँगसँगै अगाडि बढ्नेछ ।” प्रधानमन्त्री ओलीले राजनीतिक संक्रमण सकिएर आर्थिक संक्रमणको बाटोमा मुलुक अगाडि बढेको भन्दै आर्थिक विकास नै राज्यको मुख्य मुद्दा भएको चर्चा गर्नुभयो ।

शान्ति प्रक्रियामार्फत सबै द्वन्द्व निष्कर्षमा पुगेको भन्दै उहाँले आगामी दिनमा सार्क मित्रराष्ट्रसँग सहकार्य गरेर अगाडि बढ्ने धारणा राख्नुभयो । प्रधानमन्त्री ओलीले स्थानीय, प्रान्तीय एवं केन्द्रीय सरकार गठन भई काम अघि बढेको भन्दै आर्थिक विकासको नयाँ अध्यायमा अगाडि बढेको स्पष्ट पार्नुभयो ।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवको मन्तव्य उद्धृत गर्दै सचिव चन्द्रकुमार घिमिरेले दक्षिण एसियाली क्षेत्रमा रहेका गरिबीको न्यूनीकरणमा सार्क मुलुक एकीकृतरुपमा अगाडि बढ्नुपर्ने बताउनुभयो ।

सार्कका महासचिव अम्जाद बि सेयलले सार्क क्षेत्र विश्वकै ठूलो आर्थिक क्षेत्र भएको उल्लेख गर्दै सार्क सदस्य मुलुकले एक अर्कामा सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले विश्वमा सबैभन्दा बढी अवसर भएको यस क्षेत्रको विकास गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा र सार्क चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिजका अध्यक्ष सुरक्ष वैद्यले सार्क क्षेत्रमा रहेको अपार सम्भावनालाई सदुपयोग गरेर विकासको बाटोमा आगडि बढ्नुपर्ने बताउनुभयो ।

सम्मेलनमा सार्कका आठवटै देशका नेता तथा अर्थशास्त्री, लगानीकर्ताले दक्षिण एसियामा लगानी गरी समृद्धिको अवसर र आर्थिक सहकार्यका विषयमा अन्तक्र्रिया गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मध्य र पूर्वी क्षेत्रमा वर्षाले राहत, पश्चिम तराईमा पनि भोलिदेखि गर्मी कम हुने

सम्बन्धित

आईपीएल क्रिकेटमा गुजरातले चेन्नईलाई हरायो

करको दर घटाउनुपर्छ ः राजनीतिक विश्लेषक , रायमाझी भिडियो

प्रदेश सरकारको संरचना पुनःसंयोजन, मन्त्रालय घटाउने विषय मुख्य एजेन्डामा छलफलमा कांग्रेस

पहाडी र हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना

भारतको जलमार्ग र चीनको बन्दरगाह हुँदै विश्व बजार पुग्ने १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धता’ ((पूर्णपाठ)

गृहमन्त्री गुरुङको कार्यशैली सच्याउन माग गर्दै रास्वपा सांसदले नै गराए प्रधानमन्त्रीको ध्यानाकर्षण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com