ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्प प्रशासनका २४ मन्त्रीसँग कति सम्पत्ति छ ?


ABC News

मगा प्रमुखले जस्तै कसरी निवेश गर्ने? क्यानबिस, क्रिप्टो वा उत्तरी डाकोटाको आधा भागमा ?

डोनाल्ड ट्रम्पको नयाँ सरकारमा २४ जना मन्त्री र शीर्षस्तरीय अधिकारीहरू जब एकत्रित हुनेछन्, तिनीहरू इतिहासको सबैभन्दा धनी प्रशासनहरू मध्येको एक समूहमा देखिनेछन् । ती सबैभन्दा धनी होलान् भन्ने निश्चित गर्न गाह्रो छ, किनभने आधिकारिक खुलासा अनुासर ५० मिलियन डलरभन्दा बढी’ मा सीमित छ—जुन तिनीहरू मध्ये केहीको लागि तुच्छ रकम हो। तर यस्ता खुलासाले अर्को तरिकालाई मद्दत गर्छन्ः तिनीहरूले मागा (’मेक अमेरिका ग्रेट अगेन’) प्रमुखहरूको विविध निवेश रणनीतिहरू र तिनीहरूको विश्वप्रतिको भिन्न दृष्टिकोणलाई उजागर गर्छन्।

धेरैजसोको धनको ठूलो भाग निजी कम्पनीहरूमा रहेको छ। यो दुई सबैभन्दा धनी व्यक्तिहरू—हावर्ड ल्टुनिक (वाणिज्य मन्त्री नियुक्त) र लिन्डा म्याकमोन (शिक्षा मन्त्री नियुक्त) मा लागू हुन्छ, जसको सम्पत्ति अरबौं डलरमा छ। लुट्निक क्यान्टर फिट्ज्जेराल्ड (दलाली र निवेश बैंक) का अध्यक्ष हुन्। म्याकमोनको सम्पत्ति अहिलेसम्म खुलासा भएको छैन, तर उनको सम्पत्ति वल्र्ड रेस्लिंग इन्टरटेनमेन्ट (एक खेल मिडिया व्यवसाय) मा आधारित छ। अर्कोतर्फ, लोरी चावेज–डेरेमर (श्रम मन्त्री)ले ओरेगन (उनको गृहराज्य) मा सञ्चालन गर्न लाइसेन्स प्राप्त एसजेजेडी कन्सल्टिंग (मनोरञ्जनात्मक क्यानबिस उत्पादक) मा १ देखि ५ मिलियन डलरसम्मको हिस्सेदारी राखेकी छिन्।


मन्त्री परिषद्को लगानी रणनीति
जग्गा–जमिनमा लगानी गर्ने प्रवृत्ति ट्रम्प प्रशासनका मन्त्रीहरूमा व्यापक देखिन्छ। अधिकांश मन्त्रीहरू रियलस्टेटका मालिक छन्, तर सबैभन्दा ठूलो उत्साह डग बर्गम, (गृह मन्त्री) मा देखिन्छ। उनले २००१ मा ‘ग्रेट प्लेन्स सफ्टवेयर’ माइक्रोसफ्टलाई १.१ अर्बको शेयर बेचेकी थिइन् । त्यसयता उनले आफ्नै राज्य नर्थ डाकोटा र छिमेकी मोन्टाना मा ठूलो क्षेत्रफलको जमिन खरिद गरेका छन्, जुन घरजग्गा मूल्य वृद्धिसँगै लोभलाग्दो रूपमा वृद्धि भएको अनुमान गर्न सकिन्छ। तर, यदि उनले माइक्रोसफ्टको शेयर जोगाएको भए, उनको सम्पत्ति अझ बढ्ने थियो, किनभने २००१ पछि ती शेयरहरूको मूल्य १,२००% ले बढिसकेको छ।

सम्पत्तिमा असमानता
समग्र धनराशिमा मन्त्रीहरूबीच ठूलो भिन्नता छ। ट्रम्पले अर्थमन्त्री का रूपमा चयन गरेका स्कट बेसेन्ट, हेज फन्ड क्षेत्रका एक प्रभावशाली व्यक्ति हुन्। उनीसँग १–५ मिलियन डलर बराबर मूल्यका कला र प्राचीन वस्तुहरू छन्, जुन विदेश मन्त्री मार्को रुबियो को सम्पूर्ण सम्पत्तिभन्दा पाँच गुणा बढी हो। बेसेन्टसँग स्टक तथा बन्ड ईटीएफह र अन्तर्राष्ट्रिय मुद्रा बजारमा सयौं मिलियन डलरको लगानी छ, जुन हेज फन्ड व्यवसायीका लागि साधारण भए पनि सामान्य लगानीकर्ताका लागि जोखिमपूर्ण हुन सक्छ।

यूएस ट्रेड प्रतिनिधि पदका लागि ट्रम्पका मनोनित जेमिसन ग्रियर र सीआईए निर्दे जोन ¥याटक्लिफ को सम्पत्ति सामान्य स्टक तथा बन्ड फन्ड, बैंक खाताहरू र इक्युटीहरूमा केन्द्रित छन्।

तर, केही मेक अमेरिका ग्रेट अगेन (मागा) समर्थकहरूले ट्रम्प अभियानमै प्रत्यक्ष लगानी गरेका छन्। एटर्नी जनरल पाम बन्डी सँग ट्रम्प मिडिया एन्ड टेक्नोलोजी ग्रुप को २–१० मिलियन डलर मूल्यका शेयर तथा वारेन्टहरू छन्। लिन्डा म्याकमाहोन पनि उक्त कम्पनीको संचालक मण्डलीमा छिन्।

ट्रम्प प्रशासनका मन्त्रीहरूको लगानी प्राथमिकता हेर्दा, कतिपयले परम्परागत वित्तीय उपकरणहरू रोजेका छन् भने, अन्यले आफ्नै राजनीतिक नेटवर्कभित्र अवसर खोज्ने प्रवृत्ति देखाएका छन्।
नयाँ दक्षिणपन्थी वित्तीय प्राथमिकताहरू
ट्रम्प प्रशासनमा वित्तीय रूढीवाद र नयाँ अमेरिकी दक्षिणपन्थ बीचको भिन्नता सबैभन्दा प्रस्ट रूपमा क्रिप्टोकरेन्सीको अवलम्वनमा देखिन्छ। ट्रम्प स्वयं ४त्च्ग्ःए मीम क्वाइन मार्फत डिजिटल सम्पत्तिमा प्रवेश गरिसकेका छन्। २४ जना मन्त्री परिषद् तथा क्याबिनेट–स्तरका अधिकारीहरूमध्ये कम्तीमा छ जनाले बिटक्वाइन वा अन्य डिजिटल टोकनमा लगानी गरेका छन्, जसमा उपराष्ट्रपति जे.डी. भान्स समेत छन्।

राजनीतिक र वित्तीय रूपमा यो समूह शक्तिशाली बन्दै गएको छ। बिटक्वाइनको मूल्य गत वर्ष १३५% ले बढेको छ, जसले परम्परागत सम्पत्तिहरूको प्रतिफललाई समेत उछिनेको छ।

क्रिप्टो–समर्थक विवादास्पद नियुक्तिहरू
ट्रम्पका दुई विवादास्पद मनोनयनहरू क्रिप्टोकरेन्सीमा ठूलो लगानी गर्ने व्यक्तिहरू हुन्।
– रबर्ट एफ. केनेडी जुनियर सँग ४१ मिलियन – ५ मिलियन डलर बराबरको बिटक्वाइन छ।
– तुलसी गबार्ड (राष्ट्रिय गुप्तचर निर्देशक) क्रिप्टो सर्वभक्षी (क्रिप्टो ओम्नीभर) हुन्। उनीसँग ४३०,००० – १००,००० बिटक्वाइनमा, १५,००० सम्म क्रोनोस, इथेरियम, र सोलाना मा लगानी छ।

यद्यपि, ट्रेजरी सेक्रेटरी स्कट बेसेन्ट सँग बिटक्वाइन ईटीएफ मा लगानी भए पनि, त्यो उनको कुल सम्पत्तिको ०.१% भन्दा कम छ।

प्रशासनको क्रिप्टो उद्योगप्रतिको झुकाव
ट्रम्प प्रशासनको क्रिप्टोकरेन्सीप्रतिको उत्साह अमेरिकी जनसङ्ख्याको औसत भन्दा धेरै उच्च छ। प्यु रिसर्च सेन्टरका अनुसार, धनी अमेरिकी परिवारहरूमध्ये १५% ले क्रिप्टोकरेन्सीमा लगानी गरेका छन् , जसमा युवा लगानीकर्ताहरू बढी छन्। यो असामान्य क्रिप्टो संलग्नताले ट्रम्प प्रशासनलाई क्रिप्टो उद्योगको प्रबल समर्थनकर्ता बनाउने देखिन्छ। उनीहरू केवल वैचारिक रूपमा मात्र नभई व्यक्तिगत रूपमा पनि डिजिटल सम्पत्तिको सफलतामा निर्भर छन्।
२०२५ फेब्रुअरी ५, द इकोनोमिष्ट अनलाइन संस्करणको एक टिप्पणीका आधारमा ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com