काठमाडौं २३ माघ । जिल्ला अदालत चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको थुनछेक मुद्दामा सरकारी वकिलको बहस सकिएको छ। जिल्ला अदालत चितवनका सूचना अधिकारी अमृत विश्वकर्माका अनुसार अभियोजन पक्षबाट तीन जनाले बहस गरेका छन्।
जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने, सहायक जिल्ला न्यायाधिवक्ता अमृत सुवेदी र बुद्धबहादुर थापाले बहस गरेका हुन्। यस्तै जाहेरवालाको तर्फबाट अधिवक्ता रमेश काफ्लेले बहस गरेको विश्वकर्माले जानकारी दिए।
यससँगै आजलाई बहस सकिएको र बाँकी भोलि हुनेछ। तर, रविलाई न्यायिक हिरासतमा पठाउने कि परिवारको जिम्मा लगाउने भन्ने आदेश हुन बाँकी छ।
सहारा चितवन सहकारीमा अभियोग दर्ता भएपछि बुधबार बिहान उनी अदालतमा हाजिर भएका थिए।
जिल्ला न्यायाधीश दयाराम ढकालको इजलासमा बयान सकिएपछि आजै थुनछेक बहस सुरु भएको हो।








प्रतिक्रिया दिनुहोस्