ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागमतीका सभामुखले बोलाए सर्वदलीय बैठक, सहमति कार्यान्वयन हुनुपर्ने माओवादीको अडान


एबीसी न्यूज

काठमाडौं २२ माघ । बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले सर्वदलीय बैठक आह्वान गरेका छन्। बुधबार ९भोलि० बस्ने प्रदेशसभा बैठकलाई सहज बनाउनको लागि प्रदेश सभा बैठक आह्वान गरिएको हो।

मंगलबार दिउँसो ३ बजेका लागि सर्वदलीय बैठक आह्वान गरिएको सभामुख भुवनकुमार पाठकले जानकारी दिए। ‘खासै त्यस्तो ठूलो बिषयको छलछल त छैन,’ सभामुख पाठकले भने, ‘विभिन्न समितिबाट छलफल गरेर ल्याइएका ४ वटा विधेयक तथा प्रतिवेदन तयार भएको केही विधेयकलाई पूर्ण बैठकमा छलफल गरी पारित गर्नुपर्ने भएकाले त्यसमा सहमतिका लागि सर्वदलीय बैठक आयोजना गरिएको हो। सत्ता पक्ष र प्रतिपक्ष दुवैलाई चित्त बुझाएर मात्रै सदनमा जाऔं भन्ने हो।’

प्रदेशसभामा प्रदेश खेलकुद ऐन संशोधन विधेयक, प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक, प्रादेशिक व्यापार तथा व्यवसायी सम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक दर्ता भएको छ।

उक्त विधेयकमाथि छलफल गरी सदनबाट पारित गर्नुपर्ने भएकोले सदन बस्नुअघि सर्वदलीय बैठक आह्वान गरिएको सभामुख पाठक बताउँछन्।

यता, प्रदेश सरकारको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले विधेयकलाई अगाडि बढाउन कुनै समस्या नभएको तर त्यसका लागि सरकारले गरेको बाचा पूरा गर्नुपर्ने बताएको छ। बजेटको सहमति र गत असोज ११ र १२ गते बर्षाका कारण परेको बिपदका बेला प्रतिपक्षी दलसँग गरिएको सहममि कार्यान्वयन नभए सदन चल्नै नदिने नेकपा माओवादी केन्द्र प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक रत्नप्रसाद ढकालले बताए।

उनका अनुसार सर्वदलीय बैठकले सरकार र प्रतिपक्षी दलहरुबीचको कार्यदल बनाएर दुवैको धारणाको लिखित अभिलेख राख्दै विगतका सहममिलाई कार्यान्वयन गरे मात्रै सदन चल्न दिने नत्र सदन नै अवरोध गर्न समेत पछि नहट्ने बताए।

‘आज बस्ने सर्वदलीय बैठकले कस्तो रुपरेखा तयार गर्छ,’ उनले भने, ‘हामीसँग भएका सहमति कार्यान्वयनको प्रक्रिया सुरु भए सरकारलाई सहयोग गरेर अघि बढिन्छ। कार्यान्वयन नगरेर सरकारले घमण्ड देखाए सदन चल्न दिदैनौं। सर्वदलीय बैठकमा पनि हाम्रो छलफलको एजेण्डा यही नै हुनेछ।’

सरकारले प्रदेशसभा सञ्चालनका लागि प्रतिपक्षसँगको छलफल गरी उचित निर्णय गराए मात्र बैठकका कार्यक्रम अघि बढ्ने उनको भनाइ छ। प्रतिपक्ष दलहरूसँगको सहमति कार्यान्वयनमा सरकार उदासिन भएको उनले आरोप लगाए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com