काठमाडौं २१ माघ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आगामी निर्वाचनमा एक्लै चुनाव लडेर बहुमत ल्याउन पार्टीकै अन्तर्घातले रोक्ने बताएका छन्। पोखरामा सुरु भएको प्रदेश सभापति तथा प्रदेश प्रशिक्षण विभाग प्रमुखको लागि संगठन र समसामयिक सन्दर्भमा आयोजिन अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै खड्काले चिन्ता व्यक्त गरेका हुन्।
अन्तर्घात कांग्रेसको महारोग भयो। यसलाई कसरी अन्त्य गर्नेरु यो रोग समाधान भयो भने कांग्रेस एक्लै चुनाव लडेर बहुमत ल्याउँछ, उनले भने,गत चुनावमा हाम्ले अरुसँग गठबन्धन गरे पनि ४० सिट हाम्रै अन्तर्घातले हारेको छ प्रदेशमा, ३० वटा संघका हारेका छौँ। यसलाई संकल्प गरौँ। जनताको गुनासो, मतदाताको गुनासो र पार्टी बचाएर बसेकाको गुनासो सुनौँ।
उनले पार्टीमा पदीय हैसियत फरक भए पनि सबैको स्वाभिमान समान भएको बताए।
हाम्रो समानता, स्वाभिमान, इज्जत एउटै हो। पदीय हैसियतमात्रै फरक हो, उनले भने, अहिलेको अवस्थामा एकताबद्ध हुँदै विवादलाई कोठामा, बैठकमा छलफल गर्नुपर्छ र मञ्चमा कांग्रेसका नेताहरूले दोहोरी बन्द गर्नुपर्छ।
उनले अहिलेदेखि नै चुनावको तयारी गरी अभियानमा लाग्न सबैलाई निर्देशन पनि दिए।
मुलुकमा कांग्रेसको ०८१ को अभियान चलाऔं, ०८२ को अभियान चलाऔं, ०८३ को अभियान चलाऔंँ, तीन वर्षको अभियानपछि ०८४ को आम अभियानमा बहुमत ल्याउन कसैले रोक्न सक्दैन, उनले थपे, रोक्यो भने कांग्रेसको वर्षौँपूर्ण अपराधपूर्ण अन्तर्घातले रोक्छ।








प्रतिक्रिया दिनुहोस्