काठमाडौं १८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीरास्वपा का सभापति रवि लामिछानेले आफ्नो सांसद पद निलम्बन फुकुवा गरिदिन सभामुख देवराज घिमिरेसमक्ष निवेदन दिएका छन् । शुक्रबार रास्वपाका १५ सासंदसहित सभामुख घिमिरेलाई भेट्न पुगेका लामिछानेले आफ्नो सांसद पद निलम्बन कानुनसम्म नरहेको बताएका थिए ।
सभामुख घिमिरेको निजी सचिवालयका अनुसार लामिछानेले शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमै आफ्नो निलम्बन फुकुवा गरिदिन अनुरोध गरेका थिए । आफू पुर्पक्षका लागि थुनामा नरहेकाले सांसद पद निलम्बन नहुने पनि लामिछानेको भनाइ छ । लामिछानेले सभामुख घिमिरेलाई भनेका थिए, ुसम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा २७ बमोजिम मलाई गरिएको निवेदन कानुन सम्मत छैन, आजकै बैठकबाट निलम्बन फुकुवा गरिदिन अनुरोध गर्दछु ।











प्रतिक्रिया दिनुहोस्