ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिनिया टेकजाइन्ट अलिबाबाले नयाँ एआई मोडल क्वेन२.५ म्याक्स ल्यायो, डिपसिकभन्दा शक्तिशाली भएको दाबी


एबीसी न्यूज
माघ १७, २०८१ बिहीबार  ७ : २० बजे

 

काठमाडौं १७ माघ । केही दिनअघि चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनी ‘डिपसिक‘ले यस्तै खालका अमेरिकी कम्पनीहरूलाई प्रतिस्पर्धामा उछिनेपछि सेयर बजारमा तहल्का मच्चिएको थियो।

बुधबार अर्को चिनियाँ प्रविधि कम्पनी अलिबाबाले आफ्नो ‘क्वेन २.५‘ एआई मोडलको नयाँ संस्करण ल्याएको छ। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार यो नयाँ मोडलले डिपसिक–भी३ लाई उछिनेको अलिबाबाले दाबी गरेको छ।

अलिबाबाको क्लाउड एकाइले आफ्नो आधिकारिक विच्याट अकाउन्टमा लेख्दै क्वेन २.५- म्याक्सले जिपिटी–४ ओ, डिपसिक– भी ३ लगायतलाई लगभग सबै क्षेत्रमा पछि पारेको दाबी गरेको छ।

अलिबाबाले आफ्नो नयाँ एआई मोडल सार्वजनिक गर्न छानेको दिन अस्वाभाविक छ। किनभने आज चिनियाँ नयाँ वर्षको पहिलो दिन हो। यस दिन प्रायस् चिनियाँहरू काममा नगई परिवारसँग समय बिताउँछन्। यसले विगत तीन हप्तामा डिपसिकको उदयले विदेशी मात्रै नभई घरेलु प्रतिस्पर्धीहरूमा पनि दबाब सिर्जना गरेको भनेर रोयटर्सले लेखेको छ।

डिपसिकले गत साता मात्रै आफ्नो लार्ज ल्यांग्वेज मोडल (एलएलएम), आर १, जारी गरेको थियो। निःशुल्क प्रयोग गर्न मिल्ने डिपसिकको एलएलएम अमेरिकी प्रतिद्वन्द्वीहरू ओपनएआई र मेटा जत्तिकै लोकप्रिय भएको छ।

छोटो समयमै डिपसिकले हात पारेको सफलताका कारण अमेरिकी सेयर बजारमा सोमबार तहल्का मच्चिएको थियो।

एआई प्रविधिका लागि उच्च गुणस्तरको चिप्स बनाउने अमेरिकी कम्पनी एनभिडियाको सेयर मूल्य एक दिनमै तीन खर्ब डलर (११ प्रतिशत) घटेको फाइनान्सियल टाइम्सले लेखेको छ। यो कुनै पनि कम्पनीका लागि एक दिनमा आएको अहिलेसम्मकै ठूलो गिरावट हो।

त्यस्तै, युरोपेली चिप्स उपकरण निर्माता एएसएमएलको सेयर मूल्य पनि १० प्रतिशत घटेको थियो। माइक्रोसफ्ट ६ प्रतिशत घटेको थियो भने मेटा ५ प्रतिशत तल झरेको थियो।

विश्लेषकहरूले डिपसिकको उदयलाई तत्कालीन सोभियत संघले सन् १९५७ मा स्पुतनिक भू–उपग्रह अन्तरिक्षमा पठाएर अन्तरिक्ष होडमा अमेरिकामाथि अग्रता हासिल गरेको घटनासँग तुलना गरेका छन्।

चिनियाँ कम्पनी डिपसिकले अमेरिकी प्रतिद्वन्द्वीहरूको तुलनामा धेरै कम खर्च गरेर झन्डै उत्तिकै राम्रो काम गर्ने क्षमता देखाउनुले पनि यसको चर्चा बढेको हो। यसबाट एआईको हार्डवेयर खर्च अनुमानभन्दा कम हुन सक्छ कि भन्ने लगानीकर्ताहरूले आस गरेका छन्। यसले पनि सेयर बजारमा गिरावट आएको विश्लेषकहरू बताउँछन्।
विभिन्न सञ्चारमाध्यमका आधारमा तयार गरिएको ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईरान युद्धले डोनाल्ड ट्रम्पलाई कमजोर र झन् रिसाहा बनाइरहेको छ : इकोनोमिष्ट

घण्टीतिर गएका आफ्नै नेता खोज्दै नेकपा, प्रचण्डको कडा चेतावनी— ‘आँखा चिम्लेर कारबाही’

सम्बन्धित

यूएईमा सामाजिक सञ्जाल मार्फत अफवाह फैलाएको आरोपमा ७ नेपाली पक्राउ

ईरान युद्धले डोनाल्ड ट्रम्पलाई कमजोर र झन् रिसाहा बनाइरहेको छ : इकोनोमिष्ट

घण्टीतिर गएका आफ्नै नेता खोज्दै नेकपा, प्रचण्डको कडा चेतावनी— ‘आँखा चिम्लेर कारबाही’

अमेरिकी एफ–३५ लडाकु विमानको आपतकालीन अवतरण, चालकको अवस्था स्थीर

आज पश्चिम र भोलि पूर्वी क्षेत्रमा हावाहुरीसहित भारी वर्षाको सम्भावना, सचेत रहन सरकारको आग्रह

रवि लामिछानेको मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णयसहितको प्रमाण पेश गर्न सर्वोच्चको आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com