ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विपक्षी दलहरूले मोर्चाबन्दी गरेर भ्रम फैल्याइरहेका छन् – महेश बर्तौला


एबीसी न्यूज
माघ १५, २०८१ मंगलबार  ७ : ०७ बजे

काठमाडौं १५ माघ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्ष दलसहितका विपक्षी दलहरूले मुलुकमा भ्रमको खेती गरिरहेको आरोप लगाएका छन् । मंगलबार संसदीय दलको बैठकका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रमुख प्रतिपक्ष र विपक्षी दलले अनावश्यक मोर्चाबन्दी गरेर सरकारमाथि आक्रमण गरिरहेको बताए ।

‘सरकारले असाध्यै महत्त्वपूर्ण ढंगबाट काम गरिरहेको छ । देश र जनताको हितलाई केन्द्रमा राखेर र सुशासन प्रवद्र्धनलाई ध्येय बनाएर काम गरिरहेको छ,’ बर्तौलाले भने, ‘तर प्रमुख प्रतिपक्ष र विपक्षी दलले अनावश्यक मोर्चाबन्दी गरेर सरकारमाथि आक्रमणको निशाना बनाइरहेको छ । मुलुकलाई भ्रमतर्फ लैजाने खेतापाती गरिरहेको छ ।’

एमालेले अहिले सरकारको नेतृत्व गरिरहेको उल्लेख गर्दै सरकारको नेतृत्व गरेको संसदीय दलका सदस्यहरूले आगामी अधिवेशनमा खेल्नुपर्ने भूमिकाबारे प्रशिक्षण दिइने बताए ।

सांसदहरू संसदीय काम र प्रक्रियाहरुलाई आफ्नो पहिलो दायित्व र जिम्मेवारी ठानेर बैठकमा उपस्थित हुनुपर्ने उनको भनाइ थियो ।

 

‘नेकपा एमाले यतिबेला सरकारको नेतृत्व गरिरहेको छ । सरकारको नेतृत्व गरेको संसदीय दलका सदस्यहरुले यो आगामी अधिवेशनमा संसद्‌मा खेल्नुपर्ने भूमिकाका बारेमा मुख्यगरी केन्द्रित रहेर छलफल गर्नेछौँ । सांसदहरू संसदीय काम र प्रक्रियाहरूमा मेरो पहिलो दायित्व र जिम्मेवारी हो भन्नेकुरा यो बैठकको हाम्रो निष्कर्ष हुन्छ,’ बर्तौलाले भने ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बल्खुको सुकुम्बासी बस्तीमा डोजर चलेको केही घण्टामै अर्का पुरुषले गरे आत्महत्या

बल्खुको सुकुम्बासी बस्तीमा डोजर, बौद्ध गुम्वादेखि पाथिभरा मन्दिरमाथि समेत नांगो नाच!

सम्बन्धित

राष्ट्रपति कार्यालय पुग्यो अर्को अध्यादेश

घरमा डोजरले हानेपछि ‘हेर्न सकिनँ’ भन्दै हिँडेका ६१ वर्षीय इन्द्रबहादुर बल्खु खोलामा मृत भेटिए

बल्खुको सुकुम्बासी बस्तीमा डोजर चलेको केही घण्टामै अर्का पुरुषले गरे आत्महत्या

बल्खुको सुकुम्बासी बस्तीमा डोजर, बौद्ध गुम्वादेखि पाथिभरा मन्दिरमाथि समेत नांगो नाच!

बालाजुस्थित गुम्बा भत्काउने सरकारको तयारीः बौद्ध धर्ममाथि आक्रमण गरेको आरोप

‘लुटतन्त्र‘ सच्याउने मोडमा छौँ, इमान्दार व्यवसायी डराउनु पर्दैनः अर्थमन्त्री स्वर्णिम वाग्ले

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com