ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विपद् र स्वास्थ्य आपत्कालीन अवस्थाको व्यवस्थापन थप प्रभावकारी बनाउने प्रयास


एबीसी न्यूज
माघ १५, २०८१ मंगलबार   १ : ०५   बजे

काठमाडौं १५ माघ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइले विपद् र स्वास्थ्य आपत्कालीन अवस्थामा सेवालाई थप प्रभावकारी बनाउने प्रयास भइरहेको जनाएको छ । त्यसका लागि अस्पताल र स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिलाई मुख्य प्राथमिकता दिएको मन्त्रालयका प्रवक्ता एवम् व्यवस्थापन एकाइका प्रमुख डा। प्रकाश बुढाथोकीले बताउनुभयो ।

स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापनका क्रममा स्वास्थ्य सेवामा कसरी एकरूपता ल्याउने भन्ने उद्देश्यले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका ४४ स्याटेलाइट र २५ हब अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई तालिम प्रदान गरिसकेको उहाँले बताउनुभयो ।

त्यस्तै गण्डकी र बाग्मतीका १८ अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई पनि तालिम दिइँदैछ । विगतमा गोरखा भूकम्प, जाजरकोट भूकम्प, कोभिड–१९ महामारीलगायतका विपद् र महामारीका बेला उपलब्ध सेवा निकै सकारात्मक रहेका डा। बुढाथोकीले बताउनुभयो ।

नेपालमा कुनै पनि बेला, कुनै पनि ठाउँमा स्वास्थ्य आपत्कालीन अवस्था र विपद् आइपरेमा रोग पहिचान, रोकथाम र उपचार, डाक्टर र स्वास्थ्यकर्मीको परिचालनमा सहयोग पुर्‍याउने उद्देश्यले मन्त्रालयले द्रुत प्रतिकार्य टोली तथा आपत्कालीन चिकित्सकीय समूह परिचालनसम्बन्धी निर्देशिका २०७९ जारी गरिसकेको छ । यही निर्देशिका अनुसार मन्त्रालयले अस्पताललाई हब र स्याटेलाइटमा वर्गीकरण गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

सम्बन्धित

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

विश्वकप २०२६ कहाँ हुनेछ उद्घाटन र कहाँ हुनेछ फाइनल ?

पर्सा अदालतबाट पनि फिर्ता भयो रवि लामिछानेको संगठित अपराध मुद्दा

गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनको शपथ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group