ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विपद् र स्वास्थ्य आपत्कालीन अवस्थाको व्यवस्थापन थप प्रभावकारी बनाउने प्रयास


एबीसी न्यूज

काठमाडौं १५ माघ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइले विपद् र स्वास्थ्य आपत्कालीन अवस्थामा सेवालाई थप प्रभावकारी बनाउने प्रयास भइरहेको जनाएको छ । त्यसका लागि अस्पताल र स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिलाई मुख्य प्राथमिकता दिएको मन्त्रालयका प्रवक्ता एवम् व्यवस्थापन एकाइका प्रमुख डा। प्रकाश बुढाथोकीले बताउनुभयो ।

स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापनका क्रममा स्वास्थ्य सेवामा कसरी एकरूपता ल्याउने भन्ने उद्देश्यले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका ४४ स्याटेलाइट र २५ हब अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई तालिम प्रदान गरिसकेको उहाँले बताउनुभयो ।

त्यस्तै गण्डकी र बाग्मतीका १८ अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई पनि तालिम दिइँदैछ । विगतमा गोरखा भूकम्प, जाजरकोट भूकम्प, कोभिड–१९ महामारीलगायतका विपद् र महामारीका बेला उपलब्ध सेवा निकै सकारात्मक रहेका डा। बुढाथोकीले बताउनुभयो ।

नेपालमा कुनै पनि बेला, कुनै पनि ठाउँमा स्वास्थ्य आपत्कालीन अवस्था र विपद् आइपरेमा रोग पहिचान, रोकथाम र उपचार, डाक्टर र स्वास्थ्यकर्मीको परिचालनमा सहयोग पुर्‍याउने उद्देश्यले मन्त्रालयले द्रुत प्रतिकार्य टोली तथा आपत्कालीन चिकित्सकीय समूह परिचालनसम्बन्धी निर्देशिका २०७९ जारी गरिसकेको छ । यही निर्देशिका अनुसार मन्त्रालयले अस्पताललाई हब र स्याटेलाइटमा वर्गीकरण गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपा उम्मेदवार टुंग्याउँदै : प्रमुख नेताहरूको क्षेत्र र रणनीति

प्रचण्डदेखि नारायणकाजी, रेनु देखि युवा अनुहारसम्म – कहाँ कसको उम्मेदवारी ?

सम्बन्धित

रास्वपा उम्मेदवार टुंग्याउँदै : प्रमुख नेताहरूको क्षेत्र र रणनीति

प्रचण्डदेखि नारायणकाजी, रेनु देखि युवा अनुहारसम्म – कहाँ कसको उम्मेदवारी ?

महाराजगञ्जमा कांग्रेस सभापति थापा र देउवाबीच भेटवार्ता, के भयो कुराकानी ?

राष्ट्रिय सभामा एमालेसँग गरेको सहमति कांग्रेसले कायमै राख्ने

रविको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन

नेकपाको निर्वाचन तयारी: नारायणकाजी सर्लाही, रेणु दाहाल चितवन, अरु ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com