ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भ्याली कोल्ड स्टोरका सञ्चालक बाबुराजाको अपहरणका दोषीलाई १२ वर्ष कैद


एबीसी न्यूज

काठमाडौं १५ माघ । भ्याली कोल्ड स्टोरका सञ्चालक बाबुराजा रावलको अपहरणमा दोषी ठहर भएका दुर्गाबहादुर बुढाथोकीलाई १२ वर्ष कैद सजाय तोकिएको छ ।

सोले र कुमार भनेर चिनिने बुढाथोकीलाई उच्च अदालत पाटनका न्यायाधीश टंकप्रसाद गुरुङ र प्रकाश खरेलको इजलासले दोषी ठहर गर्दै १२ वर्ष कैद सजाय सुनाएको हो । न्यायाधीशद्धयको ७ माघको इजलासले बुढाथोकीलाई अपहरण तथा शरीर बन्धकको कसुरमा दोषी ठहर गरेको थियो । १४ माघमा सजाय निर्धारण भएको हो ।

उच्च अदालत पाटनका सूचना अधिकारी अर्जुनप्रसाद आचार्यले बुढाथोकीलाई अपहरण तथा शरीर बन्धकको कसुरमा दोषी ठहर गर्दै १० वर्ष कैद र थप दुई वर्ष भन्दै १२ वर्ष कैद सजाय सुनाइएको अनलाइनखबरलाई बताए । त्यसैगरी ७० हजार रुपैयाँ जरिवाना समेत सुनाइएको छ ।

यसअघि ५ असोज २०७८ मा बुढाथोकीलाई जिल्ला अदालत काठमाडौंका न्यायाधीश अम्बिकाप्रसाद निरौलाको इजलासले सफाइ दिएको थियो ।

‘पक्राउ परेका व्यक्ति दुर्गाबहादुर नै हुन् भन्ने प्रमाण नभएको, उनले आफू भारतीय नागरिक रहेको बताएको, सोही अनुसारको कागजात समेत पेस गरेको र अपहरणमा संलग्न भनिएका व्यक्तिले नै दुर्गाबहादुरलाई नचिन्ने बताएको’ जस्ता आधारहरू देखाउँदै न्यायाधीश निरौलाको इजलासले सफाइ दिएको थियो ।

प्रहरी हिरासतमा हुँदा अपराध स्वीकारेको ९साविति बयान० दिएका दुर्गाबहादुर बुढाथोकीले अदालतमा भने भारतको राशन कार्डदेखि जन्मदर्तासम्म पेस गरेर आफू भारतीय नागरिक प्रकाश क्षेत्री भएको बताएका थिए । त्यसबारे अनुसन्धान अधिकृतहरूसँग थप नबुझी र प्रमाण समेत नझिकाइ निरौलाले सफाइ दिएका थिए ।

पर्याप्त प्रमाण हुँदाहुँदै बुढाथोकीलाई सफाइ दिएको भन्दै आलोचना भएको थियो । बुढाथोकीलाई नेपाली नागरिक नै नभएको भन्दै न्यायाधीश निरौलाले निर्दोष रहेको फैसला गरेपछि उनी विवादमा तानिएका थिए । पछि बुढाथोकी नेपाली नागरिक नै भएको भन्दै उनको नागरिकतासमेत प्रहरीले जुटाएको थियो ।

बुढाथोकी नेपाली नागरिक रहेको प्रमाण प्रहरीले जुटाएपछि न्यायाधीश निरौलामाथि न्याय परिषद्ले छानबिन समेत गरेको थियो । १३ फागुन २०८० मा न्याय परिषद्ले निरौलालाई बर्खास्त गरेको थियो ।

अपहरणको १२ वर्षसम्मको मेहनतबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० का तत्कालीन डीएसपी अनिल घिमिरेको टोलीले भारतको दार्जेलिङबाट बुढाथोकीलाई १५ पुस २०७७ मा पक्राउ गरेर सार्वजनिक गरेको थियो ।

त्यसपछि बुढाथोकीविरुद्ध थप अनुसन्धान गरेर मुद्दा चलाउन भन्दै सीआईबीले जिल्ला प्रहरी परिसर काठमाडौंको जिम्मा लगाएको थियो । काठमाडौं परिसरबाट मुद्दा चलेका बुढाथोकी निर्दोष ठहर भएर जेलबाट छुटेको भोलिपल्ट मात्रै प्रहरीले थाहा पाएको थियो । त्यसपछि यो प्रकरण बाहिर आएको थियो । बुढाथोकीसहितको समूहले १ पुस २०६५ मा बाबुराजको अपहरण गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपा उम्मेदवार टुंग्याउँदै : प्रमुख नेताहरूको क्षेत्र र रणनीति

प्रचण्डदेखि नारायणकाजी, रेनु देखि युवा अनुहारसम्म – कहाँ कसको उम्मेदवारी ?

सम्बन्धित

रास्वपा उम्मेदवार टुंग्याउँदै : प्रमुख नेताहरूको क्षेत्र र रणनीति

प्रचण्डदेखि नारायणकाजी, रेनु देखि युवा अनुहारसम्म – कहाँ कसको उम्मेदवारी ?

महाराजगञ्जमा कांग्रेस सभापति थापा र देउवाबीच भेटवार्ता, के भयो कुराकानी ?

राष्ट्रिय सभामा एमालेसँग गरेको सहमति कांग्रेसले कायमै राख्ने

रविको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन

नेकपाको निर्वाचन तयारी: नारायणकाजी सर्लाही, रेणु दाहाल चितवन, अरु ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com