ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्धारित समयमा अखिल क्रान्तिकारीको मतगणना सुरु हुन सकेन


एबीसी न्यूज

काठमाडौं १४ माघ । अखिल क्रान्तिकारीको २३ औं सम्मेलनमा विवाद साम्य नहुँदा निर्धारित समयमा मतगणना सुरु नहुने भएको छ । मधेशको मतगणनाको विवाद साम्य भएपनि मसीको विवाद कायम रहेकाले गणना सुरु हुन नसकेको विद्यार्थी नेताहरूले जानकारी गराएका छन् ।

विश्वविद्यालय र विशेष प्रदेशको मतगणना सुरु गर्नुअघि निर्वाचन समितिले कालो मसीले मतदान भएको जानकारी गराएपछि उम्मेदवारका प्रतिनिधिहरूमा विवाद भएको थियो । मतदान गर्ने स्थानमा रातो साइनपेन राखिएको थियो । तर, कालो मसीले पनि मतदान भएको जानकारी निर्वाचन समितिका प्रतिनिधिहरूले जानकारी गराएका थिए ।

संगठनको पूर्व अध्यक्ष पञ्चा सिंहले विवादमा सहमति जुटेका जनाउँदै सोमबार मध्यान्ह १२ बजेबाट गणना सुरु हुने दाबी गरेकी थिइन् । तर, उपमहासचिव जनार्दन शर्मा पक्षले भने मसीको विवाद कायमै रहेकाले गणना सुरु हुन नसक्ने जनाएको छ । संगठनका पूर्व उपाध्यक्ष क्षितिज सापकोटाले मसीको विवादमा सहमति जुट्न नसकि गणना सुरु हुन नसक्ने जानकारी गराए ।

विश्वविद्यालय प्रदेश समिति अन्तर्गत निर्वाचन समितका अर्जुन अधिकारी र उपत्यका विशेष समितिका निर्वाचन समिति सदस्य प्रा।डा। जगत पोखरेलले गएराति विज्ञप्ति निकालेर सोमबार १२ बजेबाट मतगणना सुरु हुने जानकारी गराएका थिए ।

 

नयाँ कमिटीको लागि शनिबार भएको मतदानमा पार्टी नेताहरू अनुसारको संगठनका प्यानल बनेको थियो । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षधरबाट विजयप्रकाश शर्मा सापकोटाले प्यानल खडा गरेका थिए ।

उपाध्यक्ष नारायणकाजी पक्षबाट उपदेश यादव, उपमहासचिव जनार्दन शर्मा समूहबाट हेमन्त राई, अर्का उपाध्यक्ष वर्षमान पुनपक्षबाट सुदीन पौडेलको नेतृत्वमा प्यानल बनेको छ । विश्वविद्यालय र उपत्यका विशेषको मतगणना हुनु अघि अध्यक्षमा सापकोटाले सबैभन्दा बढी मत पाएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

फागुन ४ देखि १८ गतेसम्म चुनाव प्रचार–प्रसार गर्न पाइने

काठमाडौं–१: ‘सबैभन्दा हट’ क्षेत्र – गर्भवतीबाट समलिङ्गी अधिकारकर्मीसम्म, कांग्रेस बागीदेखि पठाओ सीइओसम्म !

सम्बन्धित

आज स्विट्जरल्यान्ड पुग्दै ट्रम्प, ग्रिनल्यान्ड एजेन्डासहित विश्वलाई सम्बोधन गर्ने

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

फागुन ४ देखि १८ गतेसम्म चुनाव प्रचार–प्रसार गर्न पाइने

१६५ क्षेत्रमा ३४ सय ८४ जनाको उम्मेदवारीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

काठमाडौं–१: ‘सबैभन्दा हट’ क्षेत्र – गर्भवतीबाट समलिङ्गी अधिकारकर्मीसम्म, कांग्रेस बागीदेखि पठाओ सीइओसम्म !

गगनको ‘बदला’ : कांग्रेसमा दुई तिहाइ सिटमा आफ्नै गुटका उम्मेदवार, देउवा–कोइराला गुट २७ प्रतिशतमा सीमित (सूची)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com