ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रहरीले फेरि बुझायो अदालतले फिर्ता गरेको अनुसन्धान प्रतिवेदन


एबीसी न्यूज

काठमाडौं १४ माघ । पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसमेत जोडिएको साहारा चितवन सहकारी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीले पुनस् सरकारी वकिल कार्यालयमा बुझाएको छ ।

सरकारी वकिल कार्यालयले साहारा सहकारीको अनुसन्धान पूरा नभएको भन्दै केही दिन अगाडि प्रतिवेदन फिर्ता गरेपछि केही विषयहरू थप गरी पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनका एक अनुसन्धान अधिकृतले जानकारी दिए ।

उनका अनुसार प्रहरीले आइतबार नै अनुसन्धान प्रतिवेदन बुझाएको हो । अदालत पेस हुनका लागि मिलाउनुपर्ने केही फर्म्याटहरू नमिलेको र रकम गएको विषयको विश्लेषणसमेत मिलाएर पठाइएको ती अनुसन्धान अधिकृतले बताए । प्रहरीले एक जना प्रतिवादीसमेत थप गरेर पठाएको छ ।

यसअघि प्रहरीले रकम हिनामिनाको आरोप लागेको सात कम्पनी, रवि लामिछाने सहित ३१ जनाविरुद्ध परेको पूरक जाहेरीको समेत अनुसन्धान गरीप्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरेको थियो । उक्त प्रतिवेदन कमजोर भएको र फर्म्याट अनुसार नभएको ठहर गर्दै सरकारी वकिल कार्यालयले फिर्ता पठाइदिएको थियो ।

 

चितवन प्रहरीले १९६ पृष्ठ लामो प्रतिवेदनसहित सहकारी ठगी तथा सम्पत्ति शुद्धीकरणमा गरिएको अनुसन्धान प्रतिवेदन बुझाएको थियो । प्रहरीले सम्पति शुद्धीकरणको अनुसन्धान पनि पूर्ण नगरेको सरकारी वकिलले निष्कर्ष निकालेपछि फिर्ता पठाइएको थियो ।

सरकारी वकिल कार्यालयका अनुसार प्रहरीबाट थप अनुसन्धानसहितको प्रतिवेदन आएपछि अब त्यसमा अध्ययन गरेर चितवन जिल्ला अदालतमा एक सातादेखि १० दिनभित्र लामिछानेसहितका ३२ प्रतिवादीविरुद्ध अभियोग दर्ता गर्ने तयारी छ ।

केन्द्रबाट विज्ञहरुको टोलीसमेत आएर अनुसन्धान प्रतिवेदनको अध्ययन गर्ने स्रोतले जनाएको छ । प्रहरीको प्रतिवेदनमा सहारा सहकारीका कुल बचतकर्ता ६ हजार ३३४ रहेको उल्लेख छ । तीमध्ये बचत रकम ५२ करोड ३२ लाख ८५ हजार ३०८ रूपैयाँ हिनामिना भएको उल्लेख छ । तर, ४३ करोड रकम मात्रै ६ वटा कम्पनीमा गएको र अन्य रकम के कति कहाँ गएको हो भन्ने बारेमा प्रहरीको अनुसन्धान नपुगेको देखिएको सरकारी वकिलले जनाउँदै प्रतिवेदनमा ति विषय पनि समेट्न उल्लेख गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

फागुन ४ देखि १८ गतेसम्म चुनाव प्रचार–प्रसार गर्न पाइने

काठमाडौं–१: ‘सबैभन्दा हट’ क्षेत्र – गर्भवतीबाट समलिङ्गी अधिकारकर्मीसम्म, कांग्रेस बागीदेखि पठाओ सीइओसम्म !

सम्बन्धित

आज स्विट्जरल्यान्ड पुग्दै ट्रम्प, ग्रिनल्यान्ड एजेन्डासहित विश्वलाई सम्बोधन गर्ने

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

फागुन ४ देखि १८ गतेसम्म चुनाव प्रचार–प्रसार गर्न पाइने

१६५ क्षेत्रमा ३४ सय ८४ जनाको उम्मेदवारीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

काठमाडौं–१: ‘सबैभन्दा हट’ क्षेत्र – गर्भवतीबाट समलिङ्गी अधिकारकर्मीसम्म, कांग्रेस बागीदेखि पठाओ सीइओसम्म !

गगनको ‘बदला’ : कांग्रेसमा दुई तिहाइ सिटमा आफ्नै गुटका उम्मेदवार, देउवा–कोइराला गुट २७ प्रतिशतमा सीमित (सूची)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com