ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एलन मस्कको एउटा शब्दले पाकिस्तानको ‘इगो हर्ट’, माफी नमागे परिणाम गम्भिर हुने चेतावनी


एबीसी न्यूज
माघ १४, २०८१ सोमबार  ८ : ०७ बजे

काठमाडौं १४ माघ ।   भनिन्छ कसैले पनि कसैको ‘इगो हर्ट’ गर्नु हुँदैन । अर्थात जब कसैले अरु कसैको व्यवहारको कारण आफ्नो प्रतिष्ठामा आँच पुगेको महसुस गर्छ, तब उस्ले आफूले मौका पाउनासाथ त्यस्तो व्यक्तिसँग प्रतिशोध लिन्छ र त्यसले दुखद परिणाम निम्त्याउँछ ।

व्यक्तिको ‘इगो’ले त त्यस्तो अवस्था निम्त्याउँछ भने देशकै ‘इगो हर्ट’ भए के होला ?

अहिले पाकिस्तान र विश्वकै सबैभन्दा धनी तथा नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सबैभन्दा विश्वासिला र ‘गभर्नमेण्ट इफिसेन्सी विभाग’का प्रमुख एलन मस्कबीच त्यस्तै ‘इगो हर्ट’को समस्याले तनाव सृजना गरेको छ । र, अमेरिका(पाकिस्तान सम्वन्धमाथि नै गम्भिर प्रश्न उठिरहेको छ ।
त्यो पनि ठूलो कारणले होइन, ट्रम्पले आफ्नै सामाजिक संजाल एक्समा लेखेको केवल एउटा शब्दका कारण ।

इंग्ल्याण्डको रोदरह्याम सहरमा १६ वर्ष मुनिका १४ सय युवतीलाई एक गिरोहले लागूऔषध खुवाएर बलात्कार गरेको घटना केही समय अघि सार्वजनिक भयो । उक्त गिरोहमा अधिकांश दक्षिण एसियालीमूलका मानिस रहेको पुष्टि भयो । त्यसमा सबैभन्दा धेरै पाकिस्तानी मूलका मानिस थिए ।
यस विषयमा मस्कले आफ्नो सोसल मिडिया प्लेटफर्म ‘एक्स’ मा उक्त घटनाको निन्दा गरे । त्यसमाथि भारतीय जनता पार्टीकी राज्यसभा सांसद डा। प्रियन्का चतुर्वेदीले जवाफ लेखिन( एशियाली गिरोह होइन, पाकिस्तानी गिरोह हो । किन पूर्ण एशियाली व्यक्तिहरूले पूर्ण रूपमा दुष्ट राष्ट्रको लागि यो आरोप पाए रु

यसको उत्तरमा, एलन मस्कले थप प्रतिकृयामा ‘यस’ लेखे ।

तर पाकिस्तानले मस्कको त्यो ‘यस’ शब्दले आफ्नो देशको बेइज्यती गरेको आरोप लगाएको छ । आरोप मात्रै लगाएको छैन, मस्कले माफी नमागे परिणाम गम्भिर हुने चेतावनी पनि दिएको छ । सामान्यतया अरु विवादहरुमा एक आपसमा बाँडिएर आरोप प्रत्यारोप गर्ने पाकिस्तानका सत्तारुढ र विपक्षी पार्टीहरु यो घटनामा भने एकमुख भएका छन् र सबैले मस्कले ‘अब आइन्दा पाकिस्तानको बेइज्जत नगर्ने कसम खानु पर्ने’ बताइरहेका छन् ।

 

मस्कले अहिले आफ्नो इण्टरनेट कम्पनी स्टार लिंकलाई पाकिस्तानमा विस्तार गर्ने तयारी गरिरहेका छन् । त्यसको लागि पाकिस्तान सरकारसँग विभिन्न चरणमा गरेको छलफल सकारात्मकरुपमा अगाडि बढेको थियो । तर पछिल्लो विवादले उनलाई धक्का लागेको छ ।

पाकिस्तानी संसद ९नेशनल एसेम्बली० को सूचना तथा प्रविधि समितिका अध्यक्ष पल्लबशा मोहम्मद जई खानले ‘अन्तराष्ट्रिय स्तरमा पाकिस्तानको बदनाम गराउनेहरु माफीका लायक नभएको बताउँदै मस्कले अब आइन्दा त्यस्तो नगर्ने प्रतिवद्धता नजनाएसम्म उनीसंग कुनै व्यवसायिक सम्वन्ध गाँस्न नहुने पक्षमा अधिकाँश सांसद रहेको’ बताएका छन् । ‘पाकिस्तान र पाकिस्तानीहरुले आफ्नो बेइज्जती कहिलेसम्म सहने रु’ उनले प्रश्न गरेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सामाजिक सञ्जाल र लोकप्रियतावादमाथि दाहालको चेतावनी : वैचारिक चिन्ता कि राजनीतिक प्रतिरक्षा?

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

सम्बन्धित

झापा ५ मा ओलीको नयाँ विकास वाचा : ‘ दैलेख ग्यास उत्खनन् तत्काल, सिलिन्डरबाट मुक्ति

सामाजिक सञ्जाल र लोकप्रियतावादमाथि दाहालको चेतावनी : वैचारिक चिन्ता कि राजनीतिक प्रतिरक्षा?

जापानः ताकाइची नेतृत्वको दललाई भारी बहुमत

नेपालको राजनीतिमा सत्ता निरन्तरताको लोभले निम्त्याउन खोजेको कुरूप यथास्थिति

झापा ५ : कार्यकर्ताले नै मत नदिने डर बढ्दो, पुराना दलहरू चिन्तित !

तराईमा हुस्सु, केही ठाउँमा हिमपातको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com