ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोशी प्रदेश सभामा ताप्लेजुङ विवाद : केवलकार निर्माण रोक्न माग


एबीसी न्यूज
माघ १३, २०८१ आईतबार   ७ : ४४   बजे

काठमाडौं १३ माघ । ताप्लेजुङमा प्रहरीसँगको झडपमा तीन जना गम्भीर घाइते भएपछि कोशी प्रदेशका प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी पार्टीले केवलकार निर्माणको काम रोक्न माग गरेको छ ।

कोशी प्रदेशसभाको बैठकमा विषेश समय लिएर बोल्दै दुई दलले तत्काल काम रोक्न माग गरेका हुन् ।

विशेष समयमा बोल्दै नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले व्यापारीलाई रिझाउन जनतालाई गोली हान्न नमिल्ने बताए ।

‘व्यापारीलाई रिझाउनका निम्ती जनतालाई गोली चलाउने र जनता मार्ने काम सरकारबाट तुरुन्त बन्दहोस्,’ उनले भने, ‘।। त्यो निर्माण कार्यलाई तत्काल रोकेर सुरक्षा फौजलाई फिर्ता बोलाएर शान्तिपूर्ण स्थितिको सृजना गर्नुपर्छ र वार्ता संवादमार्फत मात्रै बाँकी कामलाई अगाडि बढाउन ध्यानाकर्षण गराउँछु ।’

 

मुकुम्लुङ क्षेत्रलाई व्यापारीक प्रयोजनका लागि दिँदा स्थानीयको भावनामा धेरै ठूलो चोट परेको दाबी गर्दै उनले भने, ‘शान्तिपूर्ण विरोध गर्दा राज्य आतंक र दमन भएको छ ।’

नेकपा एकिकृत समाजवादी पार्टीका सांसद कमलप्रसाद जवेगुले प्रहरी र सशस्त्र प्रहरीले आन्दोलनकारीले खाना खाएको समयमा आक्रमण गरेको दाबी गरे ।

उनले किराँत धार्मिकस्थल मुकुम्लुङ क्षेत्रमा प्राकृतिक अवस्थामै छाड्नुपर्ने पनि बताए । व्यापारीको पछि लागेर राज्यले नागरिक माथि आक्रमण गरेको उनको भनाई छ ।

‘हाम्रो पहिचानको धरोहरलाई नढालौं नभत्काऔं, संरक्षण गरौं, जस्तो अवस्थामा छ त्यस्तै अवस्थामा रहोस् भन्ने चाहाना हो,’ उनले भने, ‘एउटा व्यापारीको पछि लागेर संघको सरकार पनि कुदिरहेको छ, प्रदेशको सरकार पनि कुदिरहेको छ ।’

उनले केबलकार भन्दा पनि पाथिभराको तल्लो फेदी काफ्लेपाटीसँग सडक कालोपत्रे गर्न माग गरे । स्थानीयसँग वार्ता गरेर विवाद टुङ्गो नलागेसम्म केबरलकारको काम रोक्न आग्रह गरे ।

प्रदेशसभा बैठकमा घटनाका विषयमा जानकारी दिँदै कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले ताप्लेजुङको घटनामा दुई जनालाई प्रहरीले चलाएको गोली लागेको बताए । भागदौड हुँदा अर्का एक जना पनि घाइते भएको बताए ।

२१ जना प्रहरी घाइते रहेको र ७ जना प्रहरी अस्तालमा उपचाररत रहेको उन जानकारी दिए । तीन जनाको थप उपचारका लागि काठमाडौं पठाइएको उनले बताए ।

शनिबार बेलुका ५ः५० मा आन्दोलनकारीले प्रहरीमाथि एक्कासी ढुंगामुढा गरेपछि प्रहरीले आत्मरक्षाका लागि प्रहरीले २० सेल अश्रुग्याँस र १० राउण्ड हवाई फायर गरेको बताए ।

‘प्रहरीले आत्मसुरक्षाका लागि केही नगर्ने हो भने प्रहरीतर्फ ठूलो क्षति हुने परिस्थिति सृजना भइसकेपछि आत्मरक्षाका लागि हवाई फायर भयो,’ उनले भने । उनले समस्या समाधानका लागि प्रदेश सरकार वार्ता गर्न तयार रहेको बताए ।

उनले आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान गरे ।

प्रदेशसभाको शून्य समयमा बोल्दै सांसद प्रदिपकुमार सुनुवार, सम्शेर राई, गोविन्द गिरी, सविना बजगाईं, बिदुकुमार लिङ्थेपले पाथिभरा क्षेत्रमा देखिएको विवाद समाधान गर्न माग गरे ।

व्यवसायी चन्द्र ढकालको समूहले ताप्लेजुङमा पाथिभरा जाने केवलकार निर्माण गरिरहेको छ । मंगलबारबाट केबलकार निर्माणको काम सुरु भएपछि पहिचान पक्षधरले आज आइतबारबाट आन्दोलनको तयारी गरेका थिए । नो केबलकार समूहले आन्दोलनको तयारी गरेपछि शनिबार बेलुका प्रहरी रोक्नका लागि पुगेको थियो । सोही क्रममा दुई तर्फबीच झडप भएको थियो ।

झडपमा प्रहरीले गोली चलाउँदा तेह्रथुमको म्याङलुङ नगरपालिका–९ का यामबहादुर लिम्बू, पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ का सुगन लावती गोली गम्भीर घाइते भएका थिए । लावतीको छाती र लिम्बूको तिघ्रामा गोली लागेको छ ।

ताप्लेजुङको फुङलिङ नगरपालिका–८ का धर्म पालुङ्वा भागदौडमा लड्दा घाइते भएका छन् । घाइते तीन जनालाई आज विराटनगरबाट नेपाली सेनाको हेलिकप्टरमा उपचारका लागि काठमाडौं लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

सम्बन्धित

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

विश्वकप २०२६ कहाँ हुनेछ उद्घाटन र कहाँ हुनेछ फाइनल ?

पर्सा अदालतबाट पनि फिर्ता भयो रवि लामिछानेको संगठित अपराध मुद्दा

गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनको शपथ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group